भिजिट नेपालका लागि हङकङ महावाणिज्यदूतावासको अन्तक्रिया

- अनोज रोक्का

आश्विन १५, २०७६

भिजिट नेपाल २०२० लाई प्रर्वद्धन गर्दे हङकङ स्थित महावाणिज्यदूतावासले विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरिरहेको छ । दुतावासको आग्रह अनुरुप हङकङमा प्रायस हुने सवै प्रकृतिको कार्यक्रमहरुमा समेत भिजिट नेपालको लोगोलाई आयोजकहरुले कार्यक्रमको पोष्टर, प्रचार सामाग्रीमा प्रयोग गरिरहेका छन् ।

यसै साता महावाणिज्यदूतावासले एक कार्यक्रमको आयोजना गर्दै चेम्बर अफ कर्मस नेपाल, हङकङका साथै स्थानिय ब्यापारी, ब्यवसायीहरुसँग नेपालमा लगानी, ब्यापार र पर्यटकीय सम्भावनाहरुका बिषयमा समसामयिक बहस तथा अन्तक्रियाको आयोजना गऱ्यो ।

कार्यक्रममा दर्जनबढी ब्यवसायीहरुले नेपालमा लगानी र सीपको स्थानान्तरका बिषयमा बोलेका थिए । नेपालमा राजनैतिक स्थिरता भएकाले अव समृद्धिको बाटोमा लागी विदेशी लगानी नेपाल भित्राउँनु पर्छ, हामी विदेशमा बस्छौँ, यहाँको लगानी र सीपलाई अव प्रचुर सम्भावना बोकेको नेपालको लागि खर्च गर्नुपर्दछ महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए । भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै वाणिज्यदूतावासको तर्फबाट चाईनिज नागरिकहरुका लागि फ्रि भिसा लगायत प्रचारका विभिन्न कार्यक्रमहरु गरिरहेका छौ उनले भने ।

नेपाल चेम्बर अफ कर्मस हङकङका अध्यक्ष डासुराम पराजुलीले नेपालमा लगानी भित्राउनका लागि चेम्बरको तर्फबाट सहकार्य र सहयोगका लागि सदैव ढोका खुल्ला रहेको बताए ।

कार्यक्रममा सम्मान ईन्जिनियरिङ कम्पनीका तर्फबाट बोल्दै तिर्थ लिम्बुले हङकङमा ढुक्कसँग लगानी गरेर आफ्नो ब्यवसाय बढाईरहेको र नेपालका विभिन्न सम्भाब्य क्षेत्रहरुमा यहाँका स्थानियहरुलाई समेत लगानी गर्नका लागि आग्रह गरे । उनले भने हामीले पनि आफ्नो तर्फबाट यहााको सीप, कौशल र क्षमतालाई आफ्नो देशमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छौँ ।

तस्बिर : विक्रम गुरुङ

प्रकाशित :आश्विन १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×