तपाईंले पाएको स्मरणीय आशीर्वाद के हो ? 

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७६

धेरै नसुत्नु भन्ने आशीर्वाद निकै रमाइलो लाग्छ । 

सृष्टि खड्का, मोडल

त्यस्ता आशीर्वाद धेरै छन् । त्यसमध्ये आफ्नो प्रगतिका लागि अभिभावहरूले सदैव आशीर्वाद दिएको म कहिल्यै भुल्न सक्दिन ।

श्याम कार्की, गायक 

सन्तानले डाँडाकाँडा ढाकून् भन्ने अग्रजहरूको आशीर्वाद तथा अहिलेको परिस्थिति सम्झँदा खुब रमाइलो लाग्छ । 

दिनेश काफ्ले, हास्यकलाकार 

प्राय: सबैले आयु द्रोण सुतेपछि साइलेन्स मोडमा मन्त्र पढ्नुहुन्छ । अझ रमाइलो त कति जनाले एजुकेसन पढिरहेको मानिसलाई डाक्टर बनेस् भन्नुहुन्छ । प्राय: सबै आशीर्वाद रमाइला र स्मरणीय नै हुन्छन् ।

सुमन कार्की, हास्यकलाकार

सन्तानले डाँडाकाँडा ढाकून् भन्ने आशीर्वाद निकै रमाइलो लाग्छ । 

सञ्चिता लुइँटेल, अभिनेत्री 

जुम्ल्याहा सन्तान जन्माउनुपर्छ । एकचोटि दु:ख गरेपछि फेरि दु:ख गर्नु नपरोस्– यो आशीर्वाद मेरा लागि कमेडी नै सावित भएको छ । 

खुमन अधिकारी, गायक 

मैले जान्ने भएदेखि नै धेरैजसो मान्यजनबाट डाक्टर–पाइलट भएस् भन्ने आशीर्वाद प्राप्त गर्न थालेको हुँ । कलाकारितामा लागेको पनि १७ वर्ष पुग्न आट्यो । उहाँहरू अझै पनि त्यही डाक्टर–पाइलट भएस् भन्ने आशीर्वाद दिँदै हुनुहुन्छ । 

वैकुण्ठ महत, गायक 

हाम्रो गाउँमा एक जना बुबा हुनुहुन्छ । उहाँले टीका लगाइदिँदा सधैं एउटै आशीर्वाद दिनुहुन्छ, त्यो सम्झँदा निकै रमाइलो लाग्छ । 

जेम्स बिसी, मोडल 

भन्नचाहिँ राम्रो भन्नुभएको त्यो पनि हजुरबुबाले टीका लगाइदिँदा–कागजस्तो बाठो हुनु भनेर उहाँले आशीर्वाद दिएको सम्झिदा निकै रमाइलो लाग्छ । 

जेबिका कार्की, अभिनेत्री 

म सानैदेखि डाइरेक्टर हुन चाहन्थें, तर सबैले डाक्टर–इन्जिनियर भएस् भन्थें, जुन मलाई आशीर्वाद नै लाग्दैनथ्यो ।

लक्ष्मण पौडेल, निर्देशक 

राहत बाँड्न तराई गएका बेला सबैले मासुभात खाए, मैले चाहिँ ढिंडो–साग खाएको देखेर साउनीकी आमाले किन मासु नखा’को भनिन् । मैले तौल घटाउन भनेको, एकछिनमा पूजाको थाली बोकी टीका लगाइदिँदै, ल बाबु अहिलेको भन्दा आधा तौल होस् अनि यहाँ आएर टन्न मासु भात खान मिलोस् भन्ने आशीर्वाद दिइन् । मलाई यो आशीर्वाद बडो रमाइलो लागेको थियो ।

निर्मल शर्मा, अभिनेता 

परिवारका धेरैजसो सदस्य चलचित्र उद्योगमा भएकाले म त्यही वातावरणमा हुर्किएँ । सानैदेखि कलाकार बन्ने इच्छा थियो । म बाल्यकाल बेलादेखि नै नक्कली थिएँ । घरमा पनि सबैले ठूलो भएपछि हिरोइन बन्छे भन्नुहुन्थ्यो, त्यही भएर होला हरेक चाडबाडमा हजुरआमा, बुबा, ठूलोबुबा, दादा सबैले टीका लगाइदिँदा टप हिरोइन बन्नु भन्नुहुुन्छ । उहाँहरूको यो आशीर्वाद सुन्दा रमाइलो पनि लाग्छ । 

जाहन्वी बस्नेत, अभिनेत्री 

गाउने आवाज वर्षौं सुक्दा यशुको नाममा प्रार्थना गरेपछि कहिल्लै नसुक्ने आवाज पाएँ । प्रभुको यो आशीर्वाद कहिल्लै भुल्न नसक्ने र ज्यादै आनन्दित तुल्याउने आशीर्वाद हो ।

अञ्जु पन्त, गायिका 

सन्तानले डाँडाकाँडा ढाकून् । 

राजाराम गौतम, निर्देशक 

सुनिल पोखरेल सरले दसैको टीकामा, असल सपना देख्नु अनि त्यसलाई पूरा गर्न दिलो ज्यानले काम गर्नु भनेर दिएको आशीर्वाद मेरो जीवनकै अविस्मरणीय आशीर्वाद हो ।

धिताल चिरिच्याँट्ट, हास्यकलाकार 

बाजेले आशीर्वाद दिँदा लाहुरे हुनु कर्नेल–जर्नेल हुनु सन्तानले डाँडादेखि समुन्द्रसम्म ढाकून् भन्नु हुन्थ्यो ।

सन्तोष सेन, निर्माता 

बूढापाकाबाट टीका लगाउँदा सन्तानले डाँडाकाँडा ढाकून भन्ने आशीर्वाद पाएको छु । उहाँहरूको आशिषलाई मूर्त रूप दिने प्रयास जारी छ मेरो । 

लक्ष्मण सुवेदी, रंगपत्रकार तथा निर्देशक 

तास खेल्दा टन्नै जित्नु, जितौरी अलिअलि हामीलाई पनि दिनु । 

मुकुन भुषाल, अभिनेता 

काठमाडौं आएर संगीत सिकेको चार वर्ष भैसकेको थियो । त्यो वर्षको दसैंमा हजुरआमाले मलाई आशीर्वाद दिँदा– मेरो नातिले गीत गाएको टिभीमा देख्न पाइयोस् भनेर हौसला स्वरुप दिएको आशीर्वाद म कहिल्यै बिर्सन्नँ । 

रामचन्द्र काफ्ले, गायक 

गर्लफ्रेन्डले डाँडाकाँडा ढाकून् भन्ने आशीर्वाद । 

शंकर बीसी, मोडल तथा निर्देशक 

 

प्रकाशित :आश्विन १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्