साप्ताहिक संवाददाता
बलिउड सुपरस्टार शाहरुख खानले एसिड आक्रमणमा परेर उपचार गराइरहेकी मुस्कान खातुनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
खानले सामाजिक संजाल ट्वीटरमार्फत मुस्कानलाई सन्देश पठाएर भनेका छन्, ‘मे सि गेट विल सुन’
खातुनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनलाई केहि महिनाअघि एक युवाले प्रेम प्रस्ताब अस्विकार गरेको झोकमा एसिड छ्यापेका थिए । उनलाई अहिले प्रहरीले पक्राउ गरिसकेको छ ।
यसअघि बलिउड चर्चित अभिनेता अमिताभ बच्चन, वरुण धवन, कृती सेनन लगायतका कलाकारले भिडियो सन्देश पठाएर उनको स्वास्थ्य लाभको कामना गरिसकेका छन् ।
बलिउडका चर्चित कलाकारहरुले एकपछि अर्को सन्देश पठाउँदै मुस्कानको स्वास्थ्य लाभको कामना गरेपनि नेपाली कलाकारहरु भने बेखबर छन् । चर्चित मोडल निती शाह, राजु लामा लगायत निकै थोरै कलाकारबाहेक अरु कलाकारलाई मुस्कानको बारेमा केहि पत्तो छैन ।