इनासको एसिया संयोजकमा अधिकारी 

- साप्ताहिक संवाददाता

आश्विन २८, २०७६

आगामी २ वर्षको लागि अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज इनासको एसिया संयोजकमा गीतकार लोकराज अधिकारी चयन भएका छन् । काठमाडौंमा सम्पन्न इनासको तेस्रो सम्मेलनले गीतकार एवं संचारकर्मी अधिकारीलाई एसिया संयोजकको जिम्मेवारी दिएको हो।

‘तिमीले पराई ठानेपछी’ बोलको आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा लोकप्रिय भएका अधिकारीका थुप्रै गीत चर्चित छन् । 

विश्वभरका ७२ भन्दा बढी देशमा सञ्जाल विस्तार रहेको इनासको तेस्रो सम्मेलनबाट  कमला दाहाल अध्यक्ष पदमा निर्वाचित भएकी छिन् ।

त्यसैगरी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा, उपाध्यक्षहरुमा साबु गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिवमा मनिष कुमार श्रेष्ठ, सचिवमा हरि शर्मा, कोषाध्यक्षमा कुलराज थापा, युरोप संयोजकमा सन्त कुमार थापा, अष्ट्रेलिया संयोजकमा सुशिल चालिसे मिडिया संयोजकमा मोहराज शर्मा निर्वाचित भएका छन् ।

 

प्रकाशित :आश्विन २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्