हङकङमा जारी आन्दोलनले नेपाली समुदायमा पारेको प्रभावप्रति चिन्ता 

  • हङकङमा उद्यमशिलता कार्यशाला

- अनोज रोक्का

आश्विन २८, २०७६

विदेशी भूमीमा गएर काम पाउँनु नेपालीका लागि त्यत्ति सजिलो छैन् । विदेशमा पुगेका नेपालीले आफ्नो सिप, त्यस देशमा बोलिने भाषाको ज्ञान र आफूले आर्जन गरेको शिक्षाको आधारमा आफू अनुकुल काम पाउँने गर्छन् । 

 

पछिल्लो समय यि विविध समस्यालाई चिर्दै धेरै नेपालीहरु विभिन्न देशमा छरिएर रहेका छन् । वैदेशिक रोजगारीका लागि हङकङका विभिन्न शहरमा बसोबार गर्ने नेपालीहरुका कामका अप्ठ्याराहरुका बारेमा छलफल भएको छ । 

गत हप्ता हङकङ ‘नेपाली महासंघ’को अगुवाईमा गृहमामिला विभागको अनुदानमा सञ्चालित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह अन्र्तगत उद्यमशिलता कार्यशाला गोष्ठीमा उक्त छलफल गरिएको हो । कार्यक्रममा हङकङ डिएबी पार्टीका पदाधिकारीहरुले सहभागीहरुसँग अन्र्तक्रिया गरेका थिए ।

 

कार्यक्रममा उपस्थित सहभागीहरुले काम र सीपको सम्बन्धमा भन्दा हङकङमा जारी आन्दोलन र यसले नेपाली समुदायमा पारेको प्रभावप्रति चिन्ता ब्यक्त गरे । ‘हङकङ अहिले तनाव ग्रस्त छ । यस्तो बेलामा आफ्नो र परिवारको सुरक्षाको लागि सजक रहनुहोला, भिडभाड र अनावश्यक भेलामा नजानुहोला । हामीपनि आशा गर्छौँ कि चाँडै समस्याको हल होस् र हङकङ पहिलेको जस्तै सुरक्षित र शान्त बनोस’ डिएबी पार्टिका सदस्य तथा याउचिमोङ डिष्ट्रिकका काउन्सलर बेनी योङ्ले बताए ।

 

नेपालीहरुको संस्कृति र परम्परालाई अक्षुण राख्नका लागि महासंघले निरन्तर विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहने र नेपालीहरुलाई सुरक्षित र पर्याप्त कार्यक्रम स्थलका लागि आवाज पनि उठाईरहेको महासंघका वर्तमान अध्यक्ष टंक रानाले बताए ।

 

हङकङमा चलिरहेको आन्दोलनप्रति मौन नरहेको र निरन्तर नेपाली समुदायलाई सजकता र सर्तकताको लागि पहल गरिरहेको महासंघकी निवर्तमान अध्यक्ष तथा सिएसटिएन प्रोजेक्ट ईन्चार्ज रीता गुरुङ बताउँछिन् । ‘हामी हङकङमा बसेका छौ, यहाँको कानुन र निती नियमप्रति वफादार हुनै पर्छ, यस्तो बिषम परिस्थीतिमा आफ्नो परिवारको सुरक्षासँगै शान्तिको कामना गर्नुको विकल्प छैन’ उनले भनिन् ।   

प्रकाशित :आश्विन २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्