साप्ताहिक संवाददाता
कार्तिक ५, २०७६
चार्लिज एन्जल्सको अपकमिङ सिक्वेल चार्लिज एन्जल्स रिबुटमा मुख्य भूमिकामा क्रिस्टेन स्टेवार्ट देखिने भएकी छिन् । एलिजावेथ बैंक्सद्वारा निर्देशित चार्लिज एन्जल्स रिबुटमा स्टेवार्टलाई नाओमी स्कट, एला बेलिन्स्का र पेट्रिक स्टुअर्टले साथ दिनेछन् ।
यो चलचित्र तीन जना महिला जासुसहरूको कथामा आधारित छ । चलचित्र एक्सन जनराको भए पनि कमेडीको रससमेत मिसाइएको दाबी गरिएको छ ।