साप्ताहिक संवाददाता
कार्तिक ६, २०७६
दुई साताअघि सार्वजनिक भएको यो वर्षकै सबैभन्दा सफल हिन्दी चलचित्र वारकी अभिनेत्री वाणी कपुर यतिबेला आफ्ना विभिन्न रुचिका कारण पनि चर्चामा छिन् । उनको घुम्ने शैली यतिबेला चर्चामा छ ।
बलिउड सूत्रका अनुसार कुनै पनि नयाँ ठाउँमा एक्लै घुम्न मन पराउने वाणी केवल घुम्ने कुरामा मात्र विश्वास गर्दिनन्, अपितु उनी जहाँ–जहाँ पुग्छिन् त्यहाँका स्थानीय व्यन्जन र स्थानीय पहिरनहरूका बारेमा पनि गहिरो चासो राख्छिन् ।
यात्रा विषयमै स्नातकोत्तर तह उत्तीर्ण गरेकी वाणीका अनुसार उनका लागि सबै यात्रा समान महत्त्वका हुन्छन् र हरेक यात्रामा उनी आफ्नो साथी आफैं हुन्छिन् अर्थात् उनी एक्लै यात्रा गर्छिन् । वाणी भन्छिन्– यात्रा नै जिन्दगी हो ।