साप्ताहिक संवाददाता
कार्तिक ७, २०७६
नेपाली खेलकुदका लागि निकै परिचित नाम हो— श्याम चित्रकार । लगभग सबैले उनलाई श्यामदाइ भन्छन् । युवा छँदा उनी फुटबल र एथलेटिक्सका राष्ट्रिय स्तरका खेलाडी थिए । खेल जीवनपछि उनले आफूलाई खेल पत्रकारका रूपमा स्थापित गरे । नेपाली खेल पत्रकारिताको इतिहास लामो छ ।
तर, त्यसबीच लगातार आफूलाई सक्रिय राख्न सक्ने एकमात्र पत्रकार रहे, यिनै श्यामदाइ । अबको साता उनको भीमरथारोहण हुने भएको छ । त्यसो भनेको उनी ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा ७ पलका हुनेछन् । नेपाली खेलकुद पत्रकारिता मात्र नभएर पूरा नेपाली खेलकुदकै लागि यो ठूलो अवसर हुनेछ ।