साप्ताहिक संवाददाता
कार्तिक ७, २०७६
भोलि शुक्रबार काठमाडौंको ठमेलमा युक्रेनकी डिजे दनिकाको डिजे सेसन प्रस्तुत हुँदैछ । ठमेलस्थित इबिजा लाउन्ज एन्ड बारमा हुने उक्त कार्यक्रममा डिजे सेसनसँगै दनिकाले बारमा उपस्थित हुनेहरूलाई भ्वायोलिन बजाएर समेत मनोरञ्जन प्रदान गर्नेछिन् ।
बेलुका ७ बजे प्रारम्भ हुने कार्यक्रममा दनिकाको डिजे सेसनका लागि राति ११ बजेर ४५ मिनेटपछिको समय छुट्टयाइएको छ । कार्यक्रममा दनिकालाई नेपाली डिजेहरूले साथ दिनेछन् भने इन्ट्रो ब्यान्डले छुट्टै कन्सर्ट दिनेछ ।