साप्ताहिक संवाददाता
कार्तिक ८, २०७६
यदि तपाईं हलोइन प्रेमी हुनुहुन्छ भने एउटा खुसीको खबर छ । नयाँ बानेश्वरस्थित द लफ्ट लाउन्जले आगामी बिहीबार हलोइन प्रेमीहरूलाई मध्यनजर गर्दै हलोइन नाइटको आयोजना गर्दैछ ।
कार्यक्रममा द लोडिङ ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछ भने उत्कृष्ट हलोइन पहिरनमा उपस्थित हुनेहरूलाई आकर्षक गिफ्टको व्यवस्थासमेत गरेको छ । साँझ ७ बजे प्रारम्भ हुने यो कार्यक्रममा प्रवेश नि:शुल्क छ ।