साप्ताहिक संवाददाता
कार्तिक ८, २०७६
नेपाली एथलेटिक्समा परिचित नाम हो— कृष्णेश्वरी सिन्तकला । विशेषत: महिलातर्फको लामो दूरीको दौडमा प्राय: शीर्ष तीन भित्र परिरहने नाम हो यो । यिनै खेलाडी पछिल्लो साता विवाह बन्धनमा बाँधिएकी छिन् । उनको एथलेटिक्स क्षेत्रसँगै सम्बन्धित राम थिमीसँग विवाह भएको हो । विवाहको उपलक्ष्यमा धेरैले उनलाई सामाजिक संजालमार्फत बधाई दिएका छन् ।
यसरी बधाई दिनेमध्ये एक रहिन, कान्छिमाया कोजु पनि । सिन्तकला र कोजुबीच खेलाडीका रूपमा निकै नजिकको सम्बन्ध छ, फेरि दुवै भक्तपुरवासी पनि हुन् । कोजुले लेखेकी छिन्, बधाई छ मेरी प्यारी साथीलाई, विवाहको विशेष दिनमा, विवाहको सुमधुर सम्बन्ध राम्रो मात्र होस् भन्ने कामना ।