साप्ताहिक संवाददाता
कार्तिक ११, २०७६
मार्बल सिनेमाद्वारा निर्मित चलचित्रमा सुपर हिरो आई हकको भूमिका निर्वाह गर्ने अभिनेता जेरेमी रेनरमाथि केही महिला सहकर्मीले गम्भीर आरोप लगाएका छन् । उनीहरू उक्त आरोपसहित अदालतसम्म पुगेका छन् । आरोप लगाउने महिलाहरूमध्ये एक लिलीले जेनरले कम उमेरका युवतीहरूलाई कोकिन प्रयोग गर्न प्रेरित गर्ने गरेको कुरा बताएकी छिन् ।
त्यसबाहेक उनले त्यस्ता युवतीहरूको सामाजिक सञ्जालमा अर्धनग्न तथा अश्लील तस्बिर समेत पठाउने गरेका छन् । उक्त आरोपको पुष्टि रेनरकी श्रीमती सोनीले समेत गरेकी छिन् । सोनी अहिले आफ्नी छोरीको अभिभावकत्वका लागि अदालतमा रेनर विरुद्ध मुद्दा लडिरहेकी छिन् ।