साप्ताहिक संवाददाता
कार्तिक १५, २०७६
हलिउड अभिनेता रबर्ट पेटिन्सन आफ्नो भूमिकाप्रति कति गम्भीर हुन्छन् भन्ने कुराको खुलासा उनका सहकलाकार विलियम डेफोले गरेका छन् । डेफोका अनुसार गत शुक्रबार प्रदर्शनमा आएको हरर चलचित्र द लाइट हाउसको कथा प्रतिन्याय गर्न पेटिन्सनले आफैंलाई विभिन्न माध्यम प्रयोग गरेर पिटाउँथे ।
उनी पानीमा डुबेको अभिनयका लागि आफैं गहिरो पानीमा हाम फल्थे । यो मामिलामा उनी आफ्ना कुनै पनि सहकलाकारमाथि विश्वास गर्दैनथे । अभिनयमा जीवन्तता ल्याउन पेटिन्सनका यस्ता कतिपय प्रयासमा अमेरिकी प्रहरीले समेत हस्तक्षेप गरेको डेफोले बताएका छन् ।