• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
बिहानै नकारात्मक समाचार  सुन्दा कस्तो लाग्छ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बिहानै नकारात्मक समाचार  सुन्दा कस्तो लाग्छ? 
कार्तिक १८, २०७६

अरूलाई जस्तै मलाई पनि नराम्रो त लागिहाल्छ नि । 

गौरव पहारी, अभिनेता 

हरेक दिन यस्ता नकारात्मक समाचार पढ्दै आएको छु । अब त बानी परिसक्यो । अहिले त एकाबिहानै त्यस्ता समाचार सुन्नु परेन भनेचाहिँ अचम्म लाग्छ ।

दीपकराज गिरी, अभिनेता 

यस्तो राम्रो देशमा कस्तो नराम्रो खबर ? यसमा कसको कमजोरी होला ? यस्ता कुरालाई हाम्रो देशले समाधान गर्नै नसकेको हो त ? भन्ने प्रश्न मनमा उठ्छ । 

अमर रञ्जित, खेलाडी 

पहिलो कुुरा म त्यस्ता समाचार सुन्दै सुन्दिनँ, हेर्दै हेर्दिन यदि कहिलेकाहीँ सुनिहालें अथवा पढिहालें भने आफैं पोजिटिभ हुने प्रयास गर्छु । 

सञ्चिता लुइँटेल, अभिनेत्री 

मेरो मनमा दिनभरि त्यही कुरा खेलिरहन्छ । 

अर्जुन तिवारी, छायाँकार 

त्यस्ता नकारात्मक समाचार सुनें वा पढें भने आजको दिन नराम्रो जाने भयो भन्ने हुन्छ । 

लक्ष्मण पौडेल, निर्देशक 

सकेसम्म कुनै पनि नकारात्मक कुरा बिहान मात्र होइन, कहिल्यै सुन्नु नपरोस् तर विडम्बना ! प्राय मिडिया भनूँ वा मानिसहरू नकारात्मक कुराकै खोजीमा हुन्छन् । उनीहरू नकारात्मक कुराहरू पढ्न, सुन्न वा सुनाउनमै उत्सुक हुन्छन् । खै किन हो ?

आनन्द राई, संगीतकार 

मनमा दिनभरि त्यही समाचार बजिरहेजस्तो लाग्छ । आफ्नो काममा पनि त्यसले बाधा दिइरहन्छ ।

अमर न्यौपाने, साहित्यकार 

एकाबिहानै नकारात्मक समाचार सुन्नुपर्‍यो भने चित्त दुख्छ । मलाई सधैं सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ भन्ने लागिरहेको हुन्छ । त्यसैले बिहानै नराम्रो समाचार सुन्दा मन दुख्छ । 

सरिता लामिछाने, अभिनेत्री 

जिन्दगी यस्तै हो दु:ख र सुखको संगम, राम्रो र नराम्रोको खेल । त्यसैले बिहानै नकारात्मक समाचार सुन्नुपर्‍यो भने शान्त हुँदै प्रार्थना गर्छु । 

झरना थापा, अभिनेत्री 

त्यो दिनभरि नै नकारात्मक सोच आइरहन्छ । 

नवराज पन्त, गीतकार 

मनमा नरमाइलो लाग्छ । जिन्दगीमा मरेर लानु केही छैन भन्ने फिल हुन्छ । सकारात्मक सोच लिएर बाँचौं भन्ने लाग्छ । त्यस्ता समाचार सुनेपछि आफूले गरेका गल्तीहरू पनि सम्झन्छु ।

दिनेश काफ्ले, हास्यकलाकार 

त्यो दिनभरि नै फ्रेस हुन सक्दिनँ । 

सुशीला गौतम, गायिका 

खासमा समाचार कस्तो हो, त्यसले प्रभाव पार्छ । म हरेक कुरालाई सकारात्मक रूपमा सोच्छु, त्यसकारण त्यस्तो धेरै टेन्सन हुँदैन । यदि मानवीय समवेदना, क्षतिको खबर हो भनेचाहिँ मन अमिलो भएर आउँछ, आँखा रसाउँछ अनि मन पोलिरहन्छ ।

रजनी केसी, अभिनेत्री 

नरमाइलो लाग्छ । त्यो दिन नै गतिलो हुँदैन । हरेक बिहान सकारात्मक कुराबाट सुरु गर्न मन लाग्छ तर कतिपय बिहान नकारात्मक समाचार सुनिहालिन्छ । त्यस्ता समाचारले दिनभरको काम बिथोलिन्छ । 

दीपिका प्रसाईं, अभिनेत्री

नकारात्मक समाचार सुन्नु वा पढ्नुपर्दा सुरुमा त त्यो समाचार साँचो नभैदियोस् जस्तो लाग्छ । यदि सत्य नै रहेछ भने त्यसको प्रकृतिअनुसार दु:ख व्यक्त गर्छु । 

राधिका हमाल, गायिका 

निकै डर लाग्छ, अब केही भै पो हाल्ने हो कि भनेर । 

सृष्टि खड्का, मोडल 

नकारात्मक समाचारले दिनभरि नै मन खाइरहन्छ । 

बिमल अधिकारी, मोडल 

आत्तिन्छु । यस्ता घटना कसैप्रति नघटोस् भनेर मनमनै प्रार्थना गर्छु । बिहानै नकारात्मक समाचार सुने वा पढें भने दिनभरि राम्रोसँग काम गर्न सक्दिनँ । 

मन्जिल बस्नेत, मोडल 

आजभोलि बरु सकारात्मक समाचार सुन्दा अचम्म लाग्न थालेको छ, हरदिनजस्तो बिग्रिएको, भत्किएको, तोडेको, फोडेको अनि घिनलाग्दा समाचारहरू नै बिक्ने चलन छ । नेताहरू मात्र होइन, हामी जनतामा पनि चेतना र संवेदनशीलताको कमी हुँदै गएको पाइन्छ । 

निर्मल शर्मा, हास्य अभिनेता 

अंग्रेजीमा एउटा भनाइ छ, मर्निङ शोज द डे, तर जब दिनको बिहानी नै नकारात्मक खबर वा समाचारबाट हुन्छ, तब वाक्क, दिक्क, लाग्छ । नराम्रा खबर सुन्नु, पढ्नु नपरोस् भन्ने कामना गर्नु शिवाय अर्को विकल्प छैन ।

मीनराज वसन्त, साहित्यकार 

सकारात्मक समाचारले ऊर्जा, जोस एवं जाँगर दिन्छ भने नकारात्मक समाचारले निराश हुन्छु ।

पूर्णिमा लामा, अभिनेत्री 

यो देशमा राम्रो, सुखद समाचार नै हुँदैन, कि सञ्चारमाध्यमको ध्यान नकारात्मकतातिर बढी गएको हो ? भन्ने प्रश्न मनमा उठ्छ ।

धिताल चिरिच्याट्ट, हास्यकलाकार

नरमाइलो लाग्नुका साथै काम गर्ने मुड नै हराउँछ । 

बाबु बोगटी, गायक 

बिहानी भनेको दिनको सुरुवात हो । त्यो अति खुसीको पल हुन्छ । कलिलो मन अनि कलिलो सोचका साथ नयाँ दिनको उदय भैरहेका बेला नकारात्मक समाचार सुन्दा नरमाइलो लाग्नु स्वाभाविक हो । त्यो पलले दिन नै अन्धकारमय बनाउँछ । 

श्रीदेव भट्टराई, अभिनेता 

शरीर गलेजस्तो हुन्छ अनि नियतिलाई कसले थुनछेक गर्न सक्छ र भन्दै फेरि यस्तो नहोस् भन्ने प्रार्थना गर्छु । 

राजनराज शिवाकोटी, गायक तथा संगीतकार 

हिजोआज धेरैजसो विदेशमा कार्यक्रम परेकाले विश्वकै धनी राष्ट्रहरूको भ्रमण गरिरहेको छु । यसक्रममा ती देशहरूका बारेमा धेरै कुरा अनुभव गर्न पाइयो । ती देशका सबै जनता मनैदेखि खुसी भएको देखें, हरेक कुरा सरकारले बनाएको सिस्टममा चलेको छ । नेपालमा जस्तो हत्या–हिंसा त कल्पनाबाहिरको कुरा हो, कसैले साेंच्न पनि सक्दैन । दिनदिनै त्यस्तो घटना घटेको मैले कहिल्यै सुनिनँ । यता हाम्रो देशमा नकारात्मक समाचारलाई प्राथमिकता दिने क्रम बढ्दो छ । यस्ता खबर सुन्दा मलाई साह्रै नरमाइलो लाग्छ अनि त्यो दिन नै उदास रूपमा बित्छ । 

कृष्ण काफ्ले, गायक 

ठ्याक्कै मनमा यही कुरा उठ्छ भन्ने हुँदैन । नकारात्मक पनि कस्तो खालको समाचार हो भन्ने हुन्छ । मनमा जस्तोसुकै कुरा खेल्न सक्छ । जे होस्, त्यो दिन मेरो आफ्नो काम भन्दा पनि कसरी भयो किन भयो भन्ने विषयमै मनमा कुरा खेलिरहन्छ ।

चक्र बम, गायक

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik