साप्ताहिक संवाददाता
कार्तिक १८, २०७६
एउटा चलचित्रको सामान्य पोस्टरको मूल्य कति होला ? त्यो पनि पुरानो चलचित्रको । हामी सबैलाई अचम्ममा पार्ने गरी लन्डनमा रहेको चलचित्रसम्बन्धी एक ग्यालरी सोथबीले सन् १९३३ मा सार्वजनिक भएको किंगकंग र सन् १९४१ मा सार्वजनिक भएको द माल्टेज फाल्कन चलचित्रका पोस्टर अविश्वसनीय मूल्यमा लिलाम गरेको छ ।
समाचारअनुसार किंगकंगको पुरानो पोस्टरले ६० हजार डलर प्राप्त गरेको छ भने द माल्टेज फाल्कनको पुरानो पोस्टरले ३० हजार डलर पाएको छ । यी दुवै मूल्य अहिलेसम्म भएका लिलामीमा कुनै पनि चलचित्रको पोस्टरले पाएको सबैभन्दा उच्च मूल्य हो ।