साप्ताहिक संवाददाता
पछिल्लो समय विभिन्न कारणचर्चामा रहेका गायक हुन्– भिटेन (समिर घिसिङ) । र्याप गीत मार्फत दर्शक स्रोताको मनमा बस्न सफल भिटेनले प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । चलचित्रको उक्त गीतमा भिटेनकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
चलचित्रको उक्त गीतको भिडियोमा भिटेनलाई पनि देखाईने चलचित्र यूनिटले जनाएको छ । गीतको भिडियोमा भिटेनका साथमा चलचित्रका शिर्ष कलाकार सुमी मोक्तान र विजय लामा देखिने चलचित्र निर्देशक हरी हुमागाईंले बताएका छन् ।
हरी निर्देशनमा डेब्यू गरेको यो चलचित्रमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, लगायतका कलाकारले अभिनय गरेका छन् ।
आगामी मंसिर १३ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको यो चलचित्रले रिभेन्जको कथा भन्ने छ ।