साप्ताहिक संवाददाता
जस्टिन बिबर र सेलेना गोमेज हलिउडका सेन्सेसनल स्टार मानिन्छन् । सन् २००९ देखि रिलेसनमा रहेको यो जोडीको ब्रेकअप सन् २०१८ को मार्च महिनामा हुँदा धेरैलाई दुस्ख लागेको थियो । सेलेनासँगको आफ्नो सम्बन्ध समाप्त गरेपछि जस्टिन बिबरले अर्की गायिका–अभिनेत्री हेली बाल्डविनसँग सम्बन्ध बढाए ।
उनीहरूको सम्बन्ध विवाहसम्म पुग्यो । उनीहरूले गत सेप्टेम्बरमा वैधानिक रूपमै विवाह गरे । जस्टिन र हेलीको विवाहपछि दु:खी भएकी सेलेनाले एउटा म्युजिक भिडियो जारी गरिन्, जसको बोल थियो– लस यु टु लभ मी । यो गीतमा सेलेनाले जस्टिनसँगको आफ्नो सम्बन्धको व्याख्या गरेकी थिइन् ।
उक्त म्युजिक भिडियो सार्वजनिक भएलगत्तै हेलीले पनि आफ्ना श्रीमानमा आँखा नलगाउन चेतावनी दिंदै अर्को म्युजिक भिडियो सार्वजनिक गरिन् । जसको बोल थियो– आई किल यु इफ...! अहिले यी दुवै गीत चार्ट बुस्टरमा उपल्लो र्यांकमा छन् ।