साप्ताहिक संवाददाता
कार्तिक २१, २०७६
भोलि शुक्रबार नेपाली युवा माझ चर्चित परिक्रमा ब्यान्डले सांगीतिक प्रस्तुति दिँदैछ । भारतको यो ब्यान्डले काठमाडौंको ठमेलस्थित फरेनहाइट क्लबमा धेरै समयपछि कन्सर्ट गर्न लागेको हो ।
ब्यान्डले आफ्ना पुराना लोकप्रिय गीतहरूका साथै केही समयअघि बजारमा आएको द टियर अफ विजार्ड गीतहरू प्रस्तुत गर्ने बताइएको छ ।
साँझ ७ बजे प्रारम्भ हुने यो कन्सर्ट बिहान ३ बजेसम्म चल्नेछ । कार्यक्रममा प्रवेश गर्न ३ सयदेखि १ हजारसम्मको टिकट काट्नुपर्नेछ, जसमा नि:शुल्क बियर उपलब्ध गराउने आयोजकले जनाएको छ ।