साप्ताहिक संवाददाता
कार्तिक २५, २०७६
मङ्सिर ६ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम (आर्यन सिग्देल), भोला (भोलाराज सापकोटा), संगीता (मिरुना मगर) र श्यामलाल (माओत्से गुरुङ)को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।
पछिल्लो समय लभ स्टोरी जनरका चलचित्रमा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम–कम जानराको चलचित्रमा देखिएका हुन् । दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई चलचित्रमा चित्रण गरिएको निर्माण पक्षले जनाएको छ ।
साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा आर्यन, भोला, मिरुनासँगै पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय रहेको छ ।