साप्ताहिक संवाददाता
कार्तिक २६, २०७६
अप्रिल २०२० मा सार्वजनिक हुन लागेको जेम्स बाण्ड सिरिजको २५ औं चलचित्र नो टाइम टु डाईको क्लाइमेक्सका विषयमा थरीथरीका समाचार सार्वजनिक भैरहेका छन् भने ती समाचारले विवादसमेत सिर्जना गरेका छन् ।
यस्तो विवाद उक्त चलचित्रको क्लाइमेक्सलाई निर्देशक केरी फुकुनावाले तीन अलग–अलग सन्दर्भमा सुटिङ गराएपछि सिर्जना भएको हो । एक अपहरित वैज्ञानिकलाई रहस्यमय खलपात्रबाट जोगाइएको कथामा आधारित उक्त चलचित्रको क्लाइमेक्सका बारेमा कलाकारहरू पनि अन्यौलमा रहेको अवस्थामा निर्देशक फुकुनावा भने चलचित्रको अलग–अलग क्षेत्रमा हुने प्रदर्शनमा अलग–अलग क्लाइमेक्स राख्ने सोचमा छन् । निर्देशकको यस्तो निर्णयले चलचित्रको विश्वव्यापी प्रदर्शनमा असर पुर्याउने चलचित्रका वितरकको आशंका छ ।