साप्ताहिक संवाददाता
कार्तिक २६, २०७६
काठमाडौं
भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नै निवास एण्टिलामा विवाह पार्टी आयोजना गरेका छन् । अम्बानीले नियमित रुपमा आफुले आयोजना गर्ने हरेक पार्टिमा बलिउड कलाकारलाई निमन्त्रणा गर्दै आएका छन् । यसपटक आयोजित पार्टीमा बलिउडका चर्चित हस्तीहरु उपस्थित भए ।
उक्त पार्टीमा शाहरुख खान श्रीमती गौरी खानसहित पुगेका थिए । अभिषेक बच्चन धर्मपत्नी ऐश्वर्या रायसँग पुगे । कविरसिंह फेम्ड शाहिद कपूर, अनिल कपूर लगायत विभिन्न कलाकार उपस्थित भए । विशेष गरेर पुर्व मिस वर्ड समेत रहेकी अभिनेत्री ऐश्वर्या रायको आकर्षक ड्रेसले धेरैको ध्यान तानेको थियो ।