छवि र शिल्पाविरुद्ध बहुविवाह मुद्दा दर्ता

- साप्ताहिक संवाददाता

कार्तिक २७, २०७६

शिल्पा पोखरेल र छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर गरिएको छ । उनीहरु विरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ ।

यो जोडीविरुद्ध गएको कात्तिकमा मुद्धा दायर भएको थियो । तर, रहस्य भने हिजो मंगलबार मात्रै सार्वजनिक भएको हो ।

सरकारी वकिलको कार्यालयले कात्तिक २८ गते दुवैविरुद्ध विवाह बदर र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दा खारेज हुनुपर्ने बहस सरकारी वकिलको कार्यालयले गरेपछि मंगलबार सर्वोच्चमा रहेको मुद्दा खारेज भएको हो ।

चलचित्र निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाले बहुविवाहको रुपमा प्रहरीमा उजुरी दिएपछि जिल्ला अदालतले छवि र शिल्पा दुबैको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरु पक्राउ नपरेपछि सरकारी बकिलको कार्यालयले बहुविवाह मुद्दा दायर गरेको हो ।

यसअघि अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले हिजो मंगलबार खारेज गर्ने आदेश दिएको हो ।

त्यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

निर्माता ओझा लामो समयदेखि सम्पर्क बिहिन छन् । शिल्पा पनि काठमाडौँमै रहेको बताइन्छ ।

शिल्पाले आफु घरायसी तनावमा परेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुको गुपचुप बिहेको पर्दाफास भएको थियो ।

प्रकाशित :कार्तिक २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×