साप्ताहिक संवाददाता
कार्तिक २८, २०७६
काठमाडौं
बलिउडकी चर्चित गायिका लता मंगेश्कर केहि दिनको उपचारपछि घर फर्किएकी छिन् । श्वासप्रश्वासमा गम्भिर समस्या देखिएकाले उनलाई गत सोमवार अस्पताल भर्ना गरिएको थियो ।
लतालाई मुम्बईस्थित ब्रिचक्याण्डी अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निकै सुधार भैरहेको भारतीय मिडियाहरुले जनाएका छन् । अहिले उनलाई घरमै डाक्टर राखेर हेरचाह गरिएको छ ।
भारत रत्न तथा दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता भारतीय चलचित्र जगतकी सर्वश्रेष्ठ गायिकाको रुपमा परिचित छिन् ।