साधारण तारेखमा छुटिन् शिल्पा पोखरेल 

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७६

जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा घर पठाएको छ । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दाका कारण लामो समयदेखि तनावमा रहेकी अभिनेत्री पोखरेल आज शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन् ।

न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो ।

जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो । छवि ओझा भने लामो समदेखि सम्पर्कविहिन छन् ।

प्रकाशित :कार्तिक २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×