साप्ताहिक संवाददाता
मंसिर ४, २०७६
दिवंगत अभिनेत्री श्रीदेवीको अभिनय क्षमता एवं नृत्यकलाका पारखी प्रशस्तै छन् । उनले चलचित्रमा गरेका नृत्यमध्ये सन् १९८९ को हिन्दी चलचित्र चालवाजको एक नृत्य गीत तेरा बिमार मेरा दिललाई अझै पनि मानिसहरू सम्झी रहन्छन् ।
त्यतिबेला श्रीदेवी र सनी देवल फिचर्ड गरिएको उक्त गीतलाई निर्देशक अनिश बाजमीले आफ्नो अपकमिङ चलचित्र पागलपन्थीमा रिक्रियट गरेका छन् । उक्त चलचित्रको रिक्रियसनमा अभिनेता जोन अब्राहम तथा उर्वशी रौतेला फिचर्ड हुने भएका छन् ।
यो चलचित्र दिवंगत श्रीदेवीप्रति श्रद्धाञ्जली हुने उर्वशीले बताएकी छिन् । चलचित्र पागलपन्थी २२ नोभेम्बरमा सार्वजनिक हुँदैछ ।