साप्ताहिक संवाददाता
मंसिर ५, २०७६
काठमाडौंको कमलपोखरीस्थित १९९७ फुड स्टेसनमा अरबियन नाइट नामक कार्यक्रम आयोजना गरिदैछ । शुक्रबार कार्यक्रममा सहभागी हुनेहरूले लाइभ म्युजिकको मज्जा लिनुका साथै डिजे सेसनको लाभ पनि उठाउन सक्नेछन् ।
त्यस्तै चर्चित बेली डान्सर नतासाको नृत्य पनि उक्त इभेन्टमा हेर्ने अवसर मिल्नेछ । साँझ ८ बजे प्रारम्भ हुने कार्यक्रम मध्यरातसम्म जारी रहने आयोजकले बताएको छ । इभेन्टमा सहभागिता जनाउनका लागि २ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ, जसमा १ बोटल वियर तथा अरबिक डिनरको व्यवस्था गरिएको छ ।