टर्टलमा सुगम

- साप्ताहिक संवाददाता

मंसिर ६, २०७६

यदि तपाईं गायक सुगम पोखरेलको फ्यान हुनुहुन्छ भने एउटा खुसीको खबर छ । आज शुक्रबार ठमेलको टर्टल लाउन्च एन्ड क्लबस्थित सुगम पोखरल लाइभ हुँदैछ । कार्यक्रममा गायक पोखरेलले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत आफ्ना श्रोताहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

सधैजसो बाहिरका कार्यक्रमहरूमा व्यस्त हुने पोखरेल धेरै समयपछि क्लबमा प्रस्तुत हुने लागेको बताइएको छ । पोखरेलको गायनमा लोडिङ ब्यान्डले साथ दिनेछ । साँझ ७ बजे सुरु हुने कन्सर्ट बिहान ५ बजेसम्म चल्नेछ । उक्त कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क लाग्ने छैन । 

प्राइभमा एज ब्यान्ड

काठमाडौंको तहाचलस्थित प्राइभ नेपाल क्लबमा एज ब्यान्डले कन्सर्ट गर्दैछ । आज शुक्रबार ब्यान्डले क्लबमा आउनेहरूका लागि आफ्ना लोकप्रिय गीत सुनाउनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । साँझ ७ बजे प्रारम्भ हुने कार्यक्रम बिहान ३ बजेसम्म चल्नेछ । 

प्रकाशित :मंसिर ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×