साप्ताहिक संवाददाता
मंसिर १०, २०७६
व्यवसायिक बक्सिङको क्षेत्रबाट सन्यास लिएका इभाण्डर होलिफिल्ड आठ बर्षपछी बक्सिङको रिङमा फर्किने टुंगोमा पुगेका छन् ।
बक्सिङ करिअरमा यसअघि तीन पटक भिडन्त गरेका न्यूयोर्कका रिडिक बोवेसँग चौथो पटक भिडन्त गर्न होलिफिल्ड रिङमा उत्रिन लागेका हुन् । ५७ वर्षीय होलिफिल्ड र रिडिकबीच सन् १९९२ देखि १९९५ को समयमा भएको भिडन्तमा दुईपटक रिडिकले जित र एक पटक होलिफिल्डले जित हात पारेका थिए ।
रिडिक र होलिफिल्ड दुबै बक्सिङ करिअरबाट टाढा भैसकेका छन् । उनीहरू अहिले मिल्ने साथीको रुपमा पनि रहेका छन् । यस्तो अवस्थामा उनीहरूको भिडन्त पैसाको कुरा मिलेको कारण सम्भव भएको देखिन्छ । यसका लागि उनीहरू जापानमा भिडन्त गर्न तयार समेत भैसकेका छन् ।