साप्ताहिक संवाददाता
मंसिर १०, २०७६
नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ नेपाली नयाँ वर्षलाई लक्षित गरेर प्रदर्शन हुने भएको छ । हाल छायांकनका क्रममा रहेको यो चलचित्रले आगामी चैत्र २८ गतेलाई रिलिज डेट लक गरेको निर्माण टिमले जनाएको छ ।
अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ले २०७८ सालको नयाँ वर्षको अवसरमा रिलिज हुन लागेको हो ।
निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य भूमिका छ । महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो । सस्पेन्स थ्रिलर जानरामा निर्माण भैरहेको निर्माण टिमको भनाई छ ।