• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
उसुको कमजोर तयारी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

उसुको कमजोर तयारी
मंसिर १३, २०७६

मार्सल आर्ट्सको विश्व खेलकुदमा जापानले कराँते र जुडो तथा कोरियाले तेक्वान्दो दिएको छ भने चीनले उसु । दक्षिण एसियाली खेलकुदमा उसुको लामो इतिहास छैन, सन् २००६ को कोलम्बो दक्षिण एसियाली खेलकुद (साग) देखि मात्र यसले प्रवेश पाएको हो, तर अहिलेसम्म भएका तीन संस्करणका सागमा नेपालले कुनै न कुनै स्वर्ण जितेकै छ ।

त्यही पहिलो संस्करणमा नेपालका लागि बिना लामा खड्का र राजकुमार रसाइलीले स्वर्ण जिते । सन् २०१० मा ढाकामा विनिता महर्जन र आङबाबु लामाले स्वर्ण हात पारे । यस परम्परालाई कायम राख्दै पछिल्लो सागमा नेपालका लागि निमा घर्तीमगरले स्वर्ण जितिन् । यस्तोमा भन्न सकिन्न, नेपालको गर्विलो इतिहास छ, उसुमा ।

उसु त्यस्तो प्राविधिक खेल हो, जसमा विशेष उपकरणको धेरै आवश्यकता हुन्छ । जस्तो, लट्ठी, तरबार आदि । त्यसको अभावमा तयारी राम्रो हुने गर्दैन । नेपाली उसुले आफ्नै घरमा हुने १३ औं साग अगाडि सामना गरेको समस्या भनेकै यही हो । नेपाली खेलाडी प्रतियोगिताको ठीक अगाडिसम्म पनि पुरानै म्याट्मा अभ्यास गर्न बाध्य रहे ।

त्यसैले प्रशिक्षक प्रकाश लामालाई के डर छ भने यी विशेष उपकरण समयमै उपलब्ध नहुँदा बेहोर्नुपरेको समस्याले कतै खेलाडीको प्रदर्शनमै पनि खराब प्रभाव पर्ने त होइन ? खासमा उसुले प्रतियोगिताका लागि भनेर खराब तयारी गरेको छ र यो यस्तो समस्या हो, जसमा प्रशिक्षक र खेलाडीको कुनै भुल छैन ।

ब्याडमिन्टनमा भारत मुख्य चुनौती

दक्षिण एसियाली खेलकुदमा ढिलो प्रवेश पाएको ब्याडमिन्टनमा नेपालले अहिलेसम्म खाली हात फर्कनुपरेको छैन, तर समस्या के छ भने नेपालले कहिल्यै स्वर्ण पदकका लागि चुनौती पनि पेस गर्न सकेको छैन । भारत दक्षिण एसियाको मात्र होइन, एसियाकै शक्तिशाली देश हो । त्यसो भनेको भारत विश्व ब्याडमिन्टनमै पनि निकै बलियो छ ।

यस्तोमा भारतको उपस्थितिमा ब्याडमिन्टनमा अरू देशको काम भनेको सन्तोषजनक प्रदर्शन गर्नु नै हो । यसपल्टको १३ औं दक्षिण एसियाली खेलकुद पनि अपवाद हुने छैन । नेपालले आफ्नो तयारी पोखरामा गरेको थियो र लगभग दुई महिना बन्द प्रशिक्षणमा राखेको थियो । यस्तै नेपालले केही प्रतियोगिताका लागि विदेशी भ्रमण पनि गर्‍यो ।

माल्दिभ्समा भएको उमेर समूहको प्रतियोगितामा नेपालले केही पदक जित्न पनि सफल रह्यो । प्रशिक्षक सुदीप योञ्जन पनि के मान्छन् भने ब्याडमिन्टनमा नेपालको खराब नतिजा आउनेछैन, तर भारत बलियो रहेको तथ्यलाई बिर्सन मिल्दैन । उनी के पनि दाबी गर्छन् भने आफ्ना खेलाडीको मनोबल उच्च छ । भारतको उपस्थितिमा लक्ष्य रजत पदककै हो ।

इतिहास पछ्याउँदै भारोत्तोलन

पहिलो संस्करणको दक्षिण एसियाली खेलकुददेखि समावेश खेलमा पर्छ, भारोत्तोलन । सागमा यो खेलको जति लामो इतिहास छ, नेपालले जितेका पदकको सूची बनाउने हो भने पनि त्यत्तिकै लामो हुन्छ । अझ सन् २००६ को कोलम्बो सागमा कमल अधिकारीले जितेको स्वर्णको सनसनी अझै पनि महसुस गर्न सकिन्छ ।

यस्तोमा प्रश्न हो, १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शन भारोत्तोलनमा कस्तो हुनेछ त ? यसपल्ट पनि एउटा खेलाडीका रूपमा चुनौती पेस गर्नेछन्, कमलले । उनले त्यति बेला प्राप्त गरेको सफलता भारतको अनुपस्थितिमा हात पारेको छ । यसपल्ट भारतले बलियो उपस्थिति जनाउँदैछ, त्यसैले नेपालको काम हो— त्यही भारतको चुनौती सामना गर्ने ।

भारोत्तोलनमै पनि भारत एसियाकै एउटा शक्तिशाली देश हो, विशेषत: उसका महिला खेलाडी विश्वस्तरीय छन् । त्यसैले पनि यो विधामा भारतलाई उछिनेर स्वर्ण जित्नु सजिलो हुनेछैन, तर पनि नेपाली भारोत्तोलनका लागि निराश हुनुपर्ने स्थिति पनि छैन । यसपछाडिको एउटा स्पष्ट कारण हो— पछिल्लो समय एकपछि अर्को कीर्तिमान बन्द रहनु ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik