साप्ताहिक संवाददाता
यसै साता राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस लेडी नेपाल नामक सौन्दर्य प्रतियोगितामा ओकी किमोची विष्टले विजेताको ताज पहिरिन सफल भएकी छिन् । उनले विजेताका रुपमा नगद पुरस्कार रु पचास हजार पनि हात पारिन् ।
विजेता हुनु बाहेक ओकीले प्रतियोगितामा मोस्ट क्रिएटिभ र अर्गनाइजर च्वाइस विधाको अवार्ड पनि उचाल्न सफल भएकी थिइन् । कथा इभेन्ट्सको ब्यानरमा संचालन भएको सो प्रतियोगितामा शुभेच्छा खड्गी फस्ट रनर अप तथा खुशी बन सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए ।
शुभेच्छाले प्रतियोगितामा वेष्ट ड्रेस, पर्सनालिटी, कन्फिडेन्ट र फोटोजेनिक विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित पार्न सफल भइन् भने खुशीले फ्रेन्ड्ली विधाको अवार्ड आफ्नो नाममा दर्ता गरेकी थिइन् ।
कविता मेगीलालाई भ्युअर च्वाइस विधाको विजेताका रुपमा ताज पहिर्याइएको थियो । प्रतियोगिता दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।