क्रिसमस इभ  मनाउने तयारी के छ ?

- साप्ताहिक संवाददाता

पुस ४, २०७६

यसपालिको क्रिसमस अमेरिकामा धूमधामले मनाउँदैछु, तर कुन ठाउँमा मनाउने भन्ने निश्चित भइसकेको छैन । पक्कै पनि कुनै चर्चमा प्रभुको भजन गाएर मनाउँछु । किनभने मेरो आवाज प्रभुको देन हो । 

अञ्जु पन्त, गायिका 

अमेरिका जाने योजनामा छु । छोरी उतै भएकाले उनीहरूसँगै मनाउँछु होला । 

शंकर बीसी, मोडल तथा निर्देशक 

धेरै काम गरियो । फ्रेस हुनका लागि देशबाहिर कतै जाऊँ कि भन्ने सोचेको छु, तर क्रिसमस त बहाना मात्रै हो । 

लक्ष्मण पौडेल, निर्देशक 

कसरी मनाउने भनेर योजना बनाउँदैछु । अस्ट्रेलिया पनि जान सक्छु, साथै नयाँ रेस्टुराँ खोल्ने योजना पनि भइरहेकाले पोखरातिर पनि हुन सक्छु । क्रिसमस पनि मनाउने अनि पोखराका नयाँ–नयाँ रेस्टुराँको आइडिया पनि लिने योजना छ । 

सबिन श्रेष्ठ, अभिनेता 

म सबै जात–धर्मलाई माया गर्ने मान्छे हुँ । सबै चाडपर्वलाई सम्मान गर्छु । म हिन्दू भएकाले क्रिसमसको कुनै योजना छैन, तर यो एउटा ठूलो उल्लासमय पर्व हो । मेरा साथीभाइले कतै क्रिसमस विशेष कार्यक्रम राखे भने म त्यहाँ पुगेर रमाइलो गर्छु ।

श्रीदेव भट्टराई, अभिनेता 

अहिलेसम्म त्यस्तो योजना केही बनाएकी छैन । साथीहरूसँगै रमाइलो गर्छु होला । 

सुशीला गौतम, गायिका 

म सबैलाई सम्मान गर्छु, तर मेरो क्रिसमसमा केही योजना छैन । 

प्रमोद अग्रहरी, अभिनेता 

म क्रिसमस कहिल्यै मनाउँदिनँ, किनकि म हिन्दू हुँ । तैपनि क्रिसमस इभ मनाउनेलाई हार्दिक शुभकामना !

विमल अधिकारी, मोडल 

घरमा न्यानो भएर बस्ने र मीठो खाने । यही नै हो मेरो क्रिसमस योजना । 

अनिलकेशरी शाह, बैंकर्स 

क्रिसमस इभ त परिवारसँगै मनाउने योजना छ । 

शिव विक, नृत्य निर्देशक 

एउटा कार्यक्रम गर्ने अनि श्रीमतीसँग कतै एउटा रेस्टुराँमा डिनर जाने । यति नै होला । 

हेमन्त शर्मा, गायक 

पहिले क्रिसमस इभका दिन प्राय:जसो विदेशमा हुन्थें, तर यसपालि नेपालमै हुने भएकाले अझै रमाइलो हुने आशा गरेको छु । त्यसैले त्यो दिन साथीभाइ अनि परिवारसँग बाहिर गएर रमाइलो गर्ने विचार छ । 

हिमाल सागर, गायक 

साथीहरूसँग कालिन्चोक गएर हिउँ खेल्ने योजना छ । 

कविर खड्का, अभिनेता 

अहिलेसम्म त्यस्तो कुनै योजना छैन । तुरुन्त कुनै योजना बनिहाल्यो भने सेलिब्रेट गर्छु, नत्र सुटिङ चलिरहेको हुँदा त्यसमै व्यस्त हुन्छु होला । 

लक्ष्मी बर्देवा, अभिनेत्री 

नेपाल धर्मनिरपेक्ष देश भएकाले सबै धर्मप्रति मेरो सम्मान रहनेछ । क्रिसमस इभ मनाउने कुनै योजना नभए तापनि क्रिस्चियन धर्मावलम्बीमा मेरो शुभकामना छ । 

पूर्णिमा लामा, अभिनेत्री 

सबै परिवार अनि साथीहरूसँग रातभर रमाइलो गर्ने योजना छ । 

सृष्टि खड्का, मोडल

मेरो त्यस्तो कुनै योजना छैन, तर त्यो दिन पुस ९ गते मेरो सांगीतिक प्रस्तुति सुर्खेत महोत्सवमा हुने पक्का भएको छ । त्यसैले दर्शकमाझ गीत–संगीतमा झुमेर/झुमाएर त्यो दिन रमाइलोसँग बित्नेछ । 

राधिका हमाल, गायिका 

म रमाइलो गर्ने प्रकृतिको मान्छे भएकाले मलाई कुनै धर्म, जातजातिका चाडपर्वले केही असर पार्दैन । सबैजसो ठूला चाडपर्वमा खुलेर रमाइलो गरी आनन्द लिने गर्छु । यसपालिको क्रिसमस इभ पनि व्यापक रमाइलो गरी बिताउने योजना छ । 

कृष्ण काफ्ले, गायक 

छोरी शुपलाले घुम्न लानु भनेकी छन् । परिवारसँगै कतै घुमघाम गरेर मनाउनुपर्ला । 

भोलाराज सापकोटा, हास्यकलाकार

प्रकाशित :पुस ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×