साप्ताहिक संवाददाता
पछिल्लो पुस्ताका युवायुवतीलाई लक्षित गरी निर्माण गरीएको वेब सिरिज ‘डबल माया’ जनवरी १ बाट प्रशारण गरीने भएको छ । पौष ४ गते शुक्रबार म्युजिक हाइलाइटको युट्युब च्यानलबाट सार्बजनिक गरिएको डबल मायाको ट्रेलरले राम्रो प्रतिकृया पाएको छ । एक्सन मिडिया अन्र्तगत रहेर म्युजिक हाइलाइटको प्रस्तुतीमा निर्माण हुने सिरिजको केहि दिन अघि पहिलो पोस्टर सार्वजनि भएको थियो ।
डबल मायामा थिएटर कलाकार सहित अहिले म्युजिक भिडियोमा ब्यस्त कलाकारहरुले अभिनय गरेका छन् । शेरबहादुर थापा मगरको लगानी रहेको डबल मायाको कथा, पटकथा तथा निर्देशन दिलिप समनले गर्ने भएका छन् ।
यस अघि नै बिभिन्न म्युजिक भिडियोमा सफल निर्देशकका रुपमा छाइसकेका निर्देशक समनले पहिलो पटक वेभ सिरीज निर्दशन गर्न लागेका हुन् । उनले हालसम्म २ सय भन्दा बढि भिडियोको निर्देशन गरीसकेका छन् ।
अहिलेको पुस्तामा हुने प्रेम र त्यसभित्रको अन्र्तकथा वेभ सिरीज डबल मायामा रहने निर्देशक दिलिप समनले बताएका छन् । बिशेष गरी युवा केन्द्रित सिरीज बनाउने सोचका साथ डबल मायालाई निर्माण गरीएको निर्माता शेरबहादुर थापा मगरको भनाई छ ।
डबल मायामा नरेन भट्टराई, सिर्जना जि.सी., कौशल नेपाल, अभिलासा शर्मा, जीवनजङ्ग थापा, आयुष घले मगर, गुराँस राई, रीजन कार्की र निक्सोन लोहनीले अभिनय गरेका छन् ।
सिरिजको ट्रेलर :