साप्ताहिक संवाददाता
पुस १०, २०७६
बलिउड अभिनेता रणवीर कपुर फुटबल खेल्न क्रममा घाईते भएका छन् । उनी गत आईतबार फुटबल खेल्ने क्रममा घाईते भएका हुन् । उनी इशान खट्टर, इब्राहिम अली लगायत अरू सेलेब्रेटीसँगको खेलका क्रममा उनी घाइते भएको उल्लेख गरिएकबो छ ।
खेलका क्रममा उनको मुखमा चोट लागेको थियो । उनले उक्त चोटका बावजुत पनि खेल पुरा गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यहि क्रममा ‘ अलिअलि दुखेको छ ? भन्ने एक फोटो पत्रकारको प्रश्नमा उनले धेरै दुखेको बताएका थिए । रणवीर अहिले आयान मुखर्जीको चलचित्र ‘ब्रह्माश्त्र’ व्यस्त छन् ।