साप्ताहिक संवाददाता
पुस १३, २०७६
भारतका कलाकार कुशल पञ्जावीले आत्महत्या गरेका छन् । ४२ वर्षीय कुशल मुम्बईको पाली हिलस्थित आफ्नै निवासमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको मुम्बई प्रहरीले बताएको छ । कुशलले आफ्नै कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनको घरबाट ‘सुसाइड नोट’ समेत फेला पारेको बताईएको छ ।
कुशलले सुसाइड नोटमा आफ्नो सम्पतिको ५० प्रतिशत बुवा, आमा र बहिनीलाई बराबर बाँड्दिनु र बाँकी सम्पति मेरो तीन वर्षको छोरालाई दिनुु भनेर उल्लेख गरेका छन् ।
मुम्बई प्रहरीका अनुसार उनले लेखेको सुसाइड नोट डेढ पेजको छ । कुशलले २०१५ सालमा आड्री डालेनसँग विवाह गरेका थिए । उनले ३० वटाभन्दा बढी टेलिसिरियलमा अभिनय गरेका छन् ।