साप्ताहिक संवाददाता
आईपीएलले केही अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई निराश तुल्याए पनि आर्थिक रूपमा कमजोर भएका तर प्रतिभावान् खेलाडीहरूलाई करोडपति पनि बनाउने देखायो, जसमा यशस्वी जयसवालको नाम अगाडि आयो । १७ वर्षीय यी क्रिकेटरलाई राजस्थान रोयल्सले २ करोड ४० लाख रुपैयाँमा तिरेर आफ्नो टिममा पार्यो ।
मुम्बईको आजाद मैदानमा अभ्यास गर्ने यशस्वीको बस्ने कुनै निश्चित ठेगाना थिएन, उनी कुनै पनि ठाउँमा रात बिताउने गर्थे भने बाँच्नका लागि पानीपुरी बेच्ने कामसमेत गर्थे । विजय हजारे ट्रफीमा कम उमेरमै दोहोरो शतक बनाएपछि यशस्वीको चर्चा बढेको थियो ।
१९ वर्षमुनिको भारतीय टिमका कप्तान प्रियम गर्गको सुरुवाती मूल्य २० लाख थियो । सनराइज हैदरावादले अन्ततस् गर्गलाई १ करोड ९० लाख भारुमा आफ्नो टिममा राख्न सफल भयो । गर्गको बुबा स्कुलको बस चलाएर छोराको आवश्यकताहरू पूरा गर्दै आएका थिए । उनी मेरठको एक गाउँको स्कुलमा कक्षा १० मा पढिरहेका छन् ।