टुबोर्ग ओपन सेसन्स् २ मा  दि एक्स् ब्यान्ड्को ‘तिमी नै भन’ सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस १६, २०७६

लोकप्रिय ब्यान्ड ‘दि एक्स् ब्याण्ड्’ को ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब शृङ्खला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

दि एक्स् ब्याण्ड्ले आफ्नो एल्बम् ‘भडास’ बाट ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा प्रस्तुत गरेका छन् । ब्याण्डमा भोकल्स् र बेस गितारमा शिव मुखिया, ड्रम्स्मा सुरेन्द्र श्रेष्ठ तथा गितारमा सजल राजभण्डारी रहेका छन् ।

अल्टरनेटिभ फन्क् रक ब्याण्ड दि एक्स् विगत २५ वर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय भई निरन्तरता दिँदै आइरहेको छ । सन् १९९३ मा स्थापना भएको उक्त ब्यान्ड आफ्ना विभिन्न हिट गीतहरुबाट लोकप्रिय रहेको छ ।

टुबोर्ग ओपन सेसन्स्को सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकप्रिय गीतहरु मौलिक भन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’ मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतीहरुले १० मिलियन भन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।

 

प्रकाशित :पुस १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×