• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
फ्रेन्चाइज क्रिकेटको संस्कृति
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हिमेश बज्राचार्य

फ्रेन्चाइज क्रिकेटको संस्कृति
पुस १८, २०७६

ट्वान्टी–२० क्रिकेटको पारा नै अलिकति धनी र हुनेहरूको जस्तो छैन र ? खाने पिउने, अनि अलिकति रमाइलो गर्ने खालको पनि छ, यो । अझ भन्ने हो भने यसको स्वभाव नै ‘कर्पाेरेट’ खालको छ । त्यसैले त अचेल ट्वान्टी–२० क्रिकेटमा फ्रेन्चाइज संस्कृति पाइन्छ । कोही धनी छ र उसलाई क्रिकेटमा खर्च लोभ छैन भने सबैभन्दा राम्रो त आफ्नो एउटा टिम नै हुनु राम्रो । अथवा कोही सक्नेले टिम बनाएर ‘कर्पाेरेट’ क्षेत्रलाई खुसी बनाउँछ र त्यसलाई अगाडि बढाउँछ भने त्यो त राम्रो नै हो । 

फ्रेन्चाइज क्रिकेटको पूरा कथा यही होभन्दा हुन्छ । अझ सबैभन्दा महत्त्वपूर्ण तथ्य त के भने यसमा पर्याप्त मात्रामा ‘ग्ल्यामर’ लुकेको हुन्छ । त्यसैले त यस्ता प्रतियोगितामा सुन्दर र आकर्षित युवतीहरू जहाँ त्यहीँ देख्न पाइन्छ, जसरी यस्तै दृश्य कुनै ठूलो कर्पाेरेट अफिसमा देख्न पाइन्छ । चियर लिर्डस त ट्वान्टी–२० क्रिकेटको ज्यान नै भन्दा हुन्छ । चौका छक्का प्रहारमा उनीहरूले देखाउने प्रस्तुतिमा आकर्षित नभएर बस्न सक्ने को हुन्छ र ?

अनि विवाद त यसको अर्को नाम भयो नै । सानोतिनो विवाद भएन भने त मज्जा नै भएन । भर्खर पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) सकियो । भनिन्छ, पोखरामा क्रिकेट जति लोकप्रिय हुनुपर्ने हो, त्यो छैन । तर, जति बेलादेखि पोखरामा पीपीएल हुन थालेको छ, क्रिकेट मन पराउने पोखरेलीको संख्या बढ्न थालेको छ । खेल हेर्न दर्शकको संख्या सन्तोषजनक रूपमा बढेको छ । यसपल्ट भएको प्रतियोगिता दोस्रो संस्करणको हो र विजेता रह्यो, पारस खड्काको चितवन राइनोज । 

नेपालमा जति पनि फ्रेन्चाइज क्रिकेट हुन्छन्, त्यसमध्ये पीपीएल त कान्छो हो । जम्माजम्मी हाम्रोमा तीन फ्रेन्चाइज क्रिकेट हुने गर्छ, त्यसमध्ये पहिलो त धनगढी प्रिमियर लिग (डीपीएल) नै भयो ।

नामैअनुसार यो धनगढीमा हुन्छ । धनगढीमा यस्तो क्रिकेट सफल भएपछि नै यसले अरूलाई पनि यस्तै प्रतियोगिता गराउन प्रेरित गरेको हो । तेस्रो भनेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) भयो, यो काठमाडौंमा हुन्छ । फ्रेन्चाइज क्रिकेटमध्ये सबैभन्दा बढी चहलपहल देखिने यसै प्रतियोगितामा हो । यो अलि व्यवस्थित हुन्छ, अनि रंगीन खालको पनि यही हुन्छ । यो कतिसम्मको छ भने यसको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने संस्था नै विदेशी हो । 

पैसाको खेल

अब प्रश्न हुन्छ, कसरी आयोजना हुन्छ त यस्ता प्रतियोगिता ? कसरी यसमा लगानी हुन्छ त ? भन्नै पर्छ, यो नाफाको क्रिकेट हो, जसमा सबै ‘विन विन’ अवस्थामा हुन्छ, खेलाडीदेखि टिम मालिक र सबै प्रायोजक र सह–प्रायोजक । पूरा विश्वमा फ्रेन्चाइज क्रिकेटको ‘रोल मोडल’ हो, भारतको आईपीएल, त्यो भनेको इन्डियन प्रिमियर लिग । विश्व खेलकुदकै सबैभन्दा धनी प्रतियोगिता हो । सन् २००८ देखि सुरु भएको आईपीएललाई पछ्याएर नै यस्ता प्रतियोगिता हुने गर्छन् । 

नेपालको फ्रेन्चाइज क्रिकेटले अनुसरण गरेको पनि आईपीएल नै हो । डीपीएलको आयोजक हो, धनगढी क्रिकेट एकेडेमी । त्यसो भनेको सुभाष शाही । सुरुमा उनले प्रतियोगितामा सहभागी हुने टिम इच्छुकलाई बेचे । त्यसका लागि आयोजकले निश्चित रकम पाउने गर्छ र यो २५ लाख रुपैयाँको हाराहारीमा हुन्छ । आयोजकको आफ्नै मुख्य र सहायक प्रायोजक हुने भयो नै । टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट पनि पैसा उठ्ने भयो नै, दर्शकले किनेको टिकटको पैसा 

आफ्नै ठाउँमा छ । अहिले डीपीएलमा छ टिम छन्, त्यसमध्ये विराटनगर किंग्सको मालिक पारस लुनिया हुन् भने सीवाईसी अत्तरियाको नरबहादुर राई । यस्तै काठमाडौं गोल्डेन्सको रमेश सिलवाल, महेन्द्र युनाइटेडको सुशीलकुमार श्रेष्ठ, रुपन्देही च्यालेन्जर्सको सुरज उप्रेती र धनगढी स्टारस्को कृष्ण बोहार । पीपीएलमा खेल्ने छ टिममध्ये विराटनगर टाइटन्समा पारस लुनिया, बुटवल ब्लास्टर्समा नरेश गौतम, चितवन राइनाजेमा रेशम महरा, एक्सपर्ट धनगढी ब्लुजमा विनायक पोखरेल र पोखरा पल्टनमा विनायक पोखरेल मालिक छन् । 

यसको आयोजना क्विन्स इभेन्ट्स म्यानेजमेन्टले गर्छ । यसको स्वामित्वमा को–को छन् भनेर प्रस्ट नदेखिएपछि यसका मूल हर्ताकर्ता पारस र ज्ञानेन्द्र नै हुन् । ईपीएल भने ठ्याक्कै कर्पाेरेट खालको छ । जस्तो, भैरहवा ग्लायडिटर आदित्य सन्घाई, विराटनगर वारियर्स विशाल अग्रवाल, चितवन टाइगर्स किशोर भट्टराई, काठमाडौं किंग्स इलेभन टेले होल्डिङ्स, ललितपुर प्याट्रोइट्स किशोर महर्जन र पोखरा राइनोज साहिल अग्रवालको हो । यसअघि यसमा विशाल ग्रुप्स, शंकर ग्रुप्स, पञ्चकन्या ग्रुप्स, कान्तिपुर पब्लिकेसनदेखि घोराही सिमेन्ट्सको पनि टिम थियो । यसका आयोजक हुन्, आमिर अख्तर । 

यी सबै व्यक्ति अथवा संस्थाले टिममा निश्चित रकम खर्चिने भयो नै । अनि यी सबै टिमका आफ्नो फरक–फरक प्रायोजक पनि हुने भए । यी संस्थाका लागि आफ्नो क्रिकेट टिम भनेको बजारमा हामी पनि छौं भन्ने देखाउने हो । अनि कोही धनाढ्य उद्योगपतिले आफ्नो पनि क्रिकेट टिम छभन्दा त्यसको शान नै बेग्लै हुन्छ । अझ भन्ने हो भने यो एउटा कर्पाेरेट क्षेत्रको ‘मार्केटिङ टुल’ नै भयो । गत वर्ष ईपीएल ललितपुरले जितेको थियो । यो टिमका आफ्नै अलग आधा दर्जन प्रायोजक थिए । उपाधि जितेर उसले राम्रै पुरस्कार राशि पनि जित्यो । 

टिमले खेलाडी किन्ने भनेको लिलामीबाट हो । खेलाडीको निश्चित मूल्य हुन्छ । यसका लागि खेलाडी आफैंले आफ्नो मूल्यसहित लिलामीका लागि नाम दिनुपर्छ । साधारणतया तीन मूल्यका खेलाडी हुन्छन् अनि टिमका कप्तानदेखि मुख्य खेलाडीका रूपमा मार्की प्लेयर भयो नै । यिनीहरूले बढी पाउने भयो नै । विदेशी खेलाडी पनि टिमले अनुबन्ध गर्न पाउने हुन्छ । विदेशी खेलाडीको उपस्थितिले नै टिम बलियो भएको र राम्रो खेलेको ताजा उदाहरण नै छन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik