साप्ताहिक संवाददाता
बलिउडमा कैयौं सेलिब्रेटी यस्ता पनि छन्, जो चलचित्रमा आएपछि चर्चामा छन् । तर, केही स्टार किड्स यस्ता छन्, जो अभिनयमै नआई निरन्तर मिडियामा छाइरहन्छन् । बलिउडका बादशाह शाहरुख खान पुत्री सुहाना खान प्राय: आफ्नो तस्बिर र स्टाइलका कारण चर्चाको विषय बनिरहन्छिन् ।
१९ वर्षीया सुहानाको तस्बिर र भिडियो अक्सर सामाजिक सन्जालमा भाइरल भइरहन्छ । सुहाना आफ्नो बलिउड डेब्यु कहिले गर्छिन्, त्यो कुरा त उनलाई मात्र थाहा होला । तर, हालै मात्र उनले एक फिचर चलचित्र ‘द ग्रेट पार्ट अफ ब्लू’मा अभिनय गरेकी थिइन् । जसलाई उनका फ्यानले खुबै मन पराएका छन् ।
पटौदी खानदानको नवाबजादे इब्राहिम अली खान अक्सर आफ्नो सुन्दर तस्बिरका कारण चर्चामा आइरहन्छन् । उनी अभिनयभन्दा बढी दाजु जस्तै क्रिकेटमा चासो राख्छन् । हालै मात्र इब्राहिमले बहिनी सारा अली खानका साथ एक फोटोसुट गरेका थिए । जसले सामाजिक सन्जालमा निकै चर्चा पाएको थियो ।
बलिउड अभिनेता आमिर खान र उनकी पहिलो श्रीमती रीना दत्ताकी छोरी इरा खान सामाजिक सन्जालमा निकै भाइरल भइरहन्छिन् । चलचित्रबाट टाढा रहेकी इरा प्राय: आफ्नो प्रेमी र फोटोसुटका कारण चर्चामा आउँछिन् ।
अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफ सामाजिक सन्जालमा आफ्नो बोल्ड तस्बिर सेयर गरिरहन्छिन् । यसबाहेक उनी हालका दिनमा प्रेमीका कारण पनि चर्चामा छिन् ।
शाहरूख खान र गौरी खानको जेठा सन्तान आर्यन खानको फ्यान फलोइङ सामाजिक सन्जालमा निकै बढी छ । उनी बाल्यकालदेखि नै आफ्नो लुक्सका कारण निकै रुचाइएका स्टार किड्स हुन् । २२ वर्षका आर्यन कैयौं पटक आफ्नो तस्बिरका कारण चर्चामा आउँछन् । उनको इन्स्टाग्राममा एक मिलियन बढी फलोअर्स छन् ।