बाँनियाको महारानी बजारमा 

- साप्ताहिक संवाददाता

पुस २८, २०७६

लेखक तथा पूर्वसांसद चन्दप्रकाश बानियाँले ऐतिहासिक विषयमा लेखेको उपन्यास ‘महारानी’ बजारमा आएको छ । धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजको आयोजनामा राष्ट्रियसभामा नेकपाका संसदीय दलका प्रमुख सचेतक तथा साहित्यकार पूर्वमन्त्री दिनानाथ शर्मा, समालोचक राम लोहनी, समालोचक तथा पत्रकार संगीत श्रोता, लेखक बानियाालगायतले पुस्तकको लोकार्पण गरे ।

पुस्तकमाथि बोल्दै प्रमुख अतिथि शर्माले पर्वत राज्यको विषयमा लेखिएको भएर पनि यसको प्रभाव बढी रहेको बताए । समीक्षक लोहनीले उपन्यासमा इतिहासका धेरै कुरा खोजिएको र उपन्यासले पाठकलाई खुलदुली जगाउने बताए ।

समीक्षक संगीत श्रोताले आफू जन्मिएको क्षेत्रको इतिहासबारे लेखिएको उपन्यासबाट सन्तुष्टि मिलेको भन्दै इतिहास पढ्ने र इतिहास बुझ्नेका लागि पनि उक्त उपन्यास सहयोगी हुने धारणा राखे ।

३६८ पेजको उक्त उपन्यासको मूल्य ४५० रुपैयाा छ । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो ।

 

प्रकाशित :पुस २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×