साप्ताहिक संवाददाता
माघ २, २०७६
डिल्लीबजार, काठमाडौंस्थित सीड फाइनान्सियल एकमेडीका विद्यार्थी सरोज दंगालले अडिट एण्ड एस्सुरेन्स (एए) परिक्षामा विश्व प्रथम भएका छन् ।
एकेडेमीका एकेडेमी निर्देशक अनन्त गौतमका अनुसार दंगालले एसोसिएसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्ट (एसिसिए) क्वालिफिकेसनको डिसेम्बर २०१९ मा सञ्चालित परिक्षामा ९२ अंक ल्याई विश्व विजेता बनेका हुन् ।
एसिसिएको अध्यापन विश्वका १ सय ७९ देशहरुमा गरिन्छ, जहाँ ४ लाख ८० हजार विद्यार्थीहरु आवद्ध छन् ।
सीड फाइनान्सियल एकेडेमी बेलायतको सिबिई सेन्टर एसिसिएको सम्बन्धप्राप्त नेपाली शैक्षिक संस्था हो ।