साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री प्रियंका चोपडा हालैमात्र गोल्डेन ग्लोब एवार्डमा निकै ग्ल्यामर लुक्समा उपस्थित भइन् । प्रियंका भारतमा आफ्नो नेटफ्लिक्स चलचित्र ‘द ह्वाइट टाइगर’ को सुटिङ पूरा गरेर अमेरिका पुगिसकेकी छन् । यही अवस्थामा हालै मात्र प्रियंकाको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । भाइरल हुनुपर्ने कारण प्रियंकाको रूप नभई उनले लगाएको पहिरन हो ।
केही समयअघि प्रियंका श्रीमान् निकसँग लसएन्जल्सस्थित एक सैलुनबाट बाहिर आएकी थिइन् । त्यहाँ उपस्थित फोटोग्राफरको ध्यान प्रियंका र निकभन्दा पनि प्रियंकाले लगाएको पहिरनमा थियो । निक छोटो चेक सर्ट र कालो ट्राउजरमा थिए भने प्रियंकाले स्लिट पहिरन र त्यसमाथि ओभरकोट लगाएकी थिइन् ।
प्रियंकाले लगाएको यो पहिरनको मूल्य १ लाख ५० हजार रुपैयाँ आसपास छ । बारोको रोडियो प्रिन्टवाला यो पहिरनमा प्रियंका निकै आकर्षक देखिएकी थिइन् ।