• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
अन्तर्राष्ट्रिय मैदानमा साख्य दाजुभाइ–दिदीबहिनी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अन्तर्राष्ट्रिय मैदानमा साख्य दाजुभाइ–दिदीबहिनी
माघ १०, २०७६

एकै बाबुआमाका सन्तानले अन्तर्राष्ट्रिय खेलकुद वृत्तलाई चर्चाको शिखरमा धेरै पटक पुर्‍याएका छन् । विश्वको खेलकुद क्षेत्रमा यस्ता खेलाडीहरूको उपस्थिति धेरै पहिलेदेखि हुँदै आएको हो भने यो क्रम अझै छ । एकै परिवारका सन्तानको उपस्थिति टिम गेमका खेलमा खेलाडीहरूमा बढी देखा पर्ने गरेको छ भने एकल खेलमा पनि उनीहरूको उपस्थिति रहेको देखिन्छ ।    

अमेरिकी टेनिस खेलाडी भेनस बिलियम र सरिना बिलियम दिदी–बहिनीका रूपमा घरमा जति मिलेर बस्छन् अन्तर्राष्ट्रिय टेनिस कोर्टमा उनीहरूबीच कडा प्रतिस्पर्धा हुन्छ । बुबा रिचर्ड बिलियमको प्रशिक्षणमा टेनिस कोर्टमा उत्रिएका भेनस र सरिनाबीच सन् १९९८ देखि अहिलेसम्म ३० वटा प्रोफेसनल प्रतियोगितामा आमनेसामने भइसकेको छ । दिदीले बहिनीलाई र बहिनीले दिदीलाई पराजित नगरी अगाडि बढ्न नसक्ने अवस्थामा पुगेपछि दिदी भेनसले बहिनी सरिनालाई केवल १२ पटक पराजित गरेकी छन् भने सरिनाले दिदी भेनसलाई १८ पटक पराजित गरेकी छन् । उनीहरूबीच ग्रान्डस्ल्याम प्रतियोगितामा भने १५ पटक आमनेसामने प्रतिस्पर्धा भएको छ, जसमा सरिनाले १० खेलमा र भेनसले ५ खेलमा मात्र जित हात पारेकी छिन् । सरिनाले हालै टेनिस वल्र्ड टुडेलाई भनिन्, ‘म टेनिसको प्रत्येक खेलमा रमाइलो होस् भन्ने चाहन्छु, यही पारामा खेल्दा मलाई प्रतिद्वन्द्वी को छ भन्ने खासै लाग्दैन, जसमा मेरी दिदी पनि बेलाबेलामा मबाट पराजित हुनेमै पर्छिन् ।

सन् २००० को अमेरिकी ओपन र अस्ट्रेलियन ओपन जितेर चर्चामा आएका मारात साफिनकी बहिनी डिनारा साफिन पनि टेनिस खेलकै चर्चित खेलाडी हुन् । महिला टेनिसको शीर्ष वरियताक्रममा समेत रहेकी साफिन परिवार मात्र पहिलो परिवार हो, जसमा दाजुबहिनीले शीर्ष वरियताक्रममा आफूलाई उभ्याउन सफल भएका थिए ।

टेनिस खेलमै दिदीबहिनीको चर्चा गर्दा पोल्यान्डकी खेलाडी एग्नेस्का राडवास्का र उर्जुला राडवास्का दिदीबहिनीको नाम पनि आउँछ । सन् २०१५ मा आयोजना भएको होपम्यान कप जितेर एग्नेस्काले डब्लूटीए प्रतियोगिता जितिन् भने उर्जुलाले आईटीएफ प्रतियोगिता जितेकी थिइन् । यी दिदीबहिनीको सफलतालाई पछि पोल्यान्ड सरकारले गोल्डेन क्रस एवार्डवाट सम्मानसमेत गरेको थियो ।

एन्डी मुरे र उनका दाइ जामी मुरे टेनिसको वरियताक्रममा लामो समय शीर्ष स्थानमा रहे । एन्डीले आफ्नो टेनिस करिअरमा ४६ वटा उपाधि जितेका थिए । सन् २०१६ मा करिअरको उकालो लागेको अवस्थामा उनी पुरुष टेनिसको शीर्ष स्थानमा थिए । उनका दाई जामीको जोडी मेन्स डबल्समा ब्रुनो स्वरेससँग रहेको थियो । पुरुष डबलमा यी खेलाडीले पनि सन् २०१६ को वर्षमा धेरै उपाधि जितेका थिए ।

क्रिकेट खेलको प्रसंग निकाल्दा धेरै क्रिकेटर दाजुभाइले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका धेरै उदाहरण छन् । टिम गेम भएका कारण उनीहरू कतिपय समयमा एकै टिममा रहेर खेलेका छन् भने उमेर अन्तरले फरक–फरक समयमा आफ्नो देशको प्रतिनिधित्व पनि गरेका छन् । अस्ट्रेलियन क्रिकेटलाई सुनौलो वर्षमा प्रवेश गराउनेमा स्टिभ वा र मार्क वा दाजुभाइको नाम अगाडि आउँछ । यी जुम्ल्याहा दाजुभाइले सन् १९९० देखि २००० सम्मको बर्षमा अस्ट्रेलियन क्रिकेटलाई शीर्ष स्थानमा राखे भने सन् १९९९ मा अस्ट्रेलियालाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिकासमेत निभाए ।

अझ स्टिभले अस्ट्रेलियालाई १६ टेस्ट प्रतियोगिताको उपाधि आफ्नो राष्ट्रलाई दिलाउन कप्तानीसमेत गरेका थिए । अस्ट्रेलियन क्रिकेट टिमकै चर्चा गर्दा इयान, ग्रेग र ट्रेभोर च्यापलको नाम पनि आउँछ । इयान र ग्रेग आफ्नो करिअरमा अस्ट्रेलियन टिमको भरपर्दा खेलाडी थिए भने टाभोर पनि टेस्ट प्रतियोगितामा अलराउन्डर खेलाडीका रूपमा रहे । अस्ट्रेलियन क्रिकेट टिममा दाजुभाइ खेलाडीहरू धेरै नै छन्, जसमा नाम छुटाउन नमिल्ने अर्का खेलाडी हुन्— शेन ली र ब्रेट ली पनि हुन् । अलराउन्डर शेन लीले अस्ट्रेलियाका तर्फबाट ४५ एक दिवसीय प्रतियोगिता खेले भने ब्रेट ली त अस्ट्रेलियाका तर्फबाट सन् २००३ देखि राष्ट्रिय टिमकै सदस्यका रुपमा समेत रहेका थिए ।

कुनै समय जिम्बाबे टिममा एन्डी फ्लावर ग्रान्ट फ्लावर टिमको मेरुदण्ड मानिन्थे । एन्डीभन्दा ग्रान्ट दुई वर्षले मात्र कान्छा छन्, तर पनि दुवैले लामो समय जिम्बाबे टिमलाई योगदान दिए । एन्डीले जिम्बाबे टिमका लागि टेस्ट र एक दिवसीय प्रतियोगितामा सर्वाधिक रन बनाए भने ग्रान्टले सन् १९९७ मा टेस्ट प्रतियोगिताको दुवै इनिङमा सेन्चुरी बनाउने खेलाडीमा आफ्नो नाम लेखाउन सफल भए ।

भारतीय टिमका इर्फान पठान र युसुफ पठान पनि दाजुभाइ हुन् । इरफानभन्दा युसुफ दुई वर्षले मात्र जेठा हुन् । सन् २००७ मा ट्वान्टी–२० विश्वकप भारतलाई जिताउँदा दुवै दाजुभाइ टिममा थिए भने सन् २०१५ को विश्वकप क्रिकेट भारतले जित्दा युसुफ पनि भारतिय टिममा थिए । इरफानको नाममा सबैभन्दा कम ५९ प्रतियोगितामा १ सय विकेट लिने भारतीय खेलाडीको नाममा कीर्तिमान रहेको छ ।

वेस्टइन्डिज टिमबाट खेल्ने डुबाने ब्राभो र डारेन ब्राभो पनि दाजुभाइ हुन् । अलराउन्डर डुबानेले सन् २००७ देखि राष्ट्रिय टिममा रहेर विश्वकप खेलेका थिए भने उनका भाइ डारेनले सन् २००९ देखि राष्ट्रिय टिममा आबद्धता जनाएका थिए । न्युजिल्यान्ड टिमबाट खेल्ने नाथन एस्टली र लिसा एस्टली पनि दाजुबहिनी हुन् । नाथनले सन् १९९० देखि २००० को दशकमा न्युजिल्यान्डको राष्ट्रिय टिममा रहेर खेलेका थिए । यस्तै नाथनकी बहिनी लिसाले पनि न्युजिल्यान्डको महिला क्रिकेट राष्ट्रिय टिममा रहेर प्रतियोगिता खेलेकी थिइन् ।

फर्मुला वान मोटर रेसमा कुनै समय एकछत्र सफलता हात पारेका राल्फ सुमेकर र माइकल सुमेकर पनि साख्य दाजुभाइ हुन् । दुवै दाजुभाइले फर्मुला वान रेसमा विश्व विजेता बन्ने अवसर पाए भने माइकल सुमेकरले त वल्र्ड च्याम्पियनसिप सात पटकसमेत जितेका थिए ।

इंग्ल्यान्डको राष्ट्रिय टिमबाट ८० भन्दा बढी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका रियो फर्निनान्डले क्लब लेभलमा म्यानचेस्टर युनाइडेटको तर्फबाट ६ पटक लिग प्रतियोगिता र च्याम्पियन्स लिग प्रतियोगितासमेत जितिसकेका छन् । रियोकै भाइ एन्टोन भने साउथन युनाइटेडबाट क्लब लेभलको फुटबल खेलिरहेका छन् ।

सन् २०१४ को विश्वकपमा जर्मनीको तर्फबाट खेल्ने जेरोमी बोटाङ र घानाका तर्फबाट खेल्ने केभिन प्रिन्स बोटाङ दाजुभाइ हुन् । उनीहरूका बाबु एकै हुन् भने आमा भने फरक हुन् । जेरोमि ब्रायन म्युनिखबाट बुन्डेसलिगा खेल्छन् भने घानाको राष्ट्रिय टिममा समेत रहेका केभिनले एसि मिलान, बोरुसिया डोर्थमोन्ड र लास पाल्माज क्लबबाट फुटबल खेलेका छन् ।

इटालियन टिमका फाबियो कानाभारो र पाउलो कानाभारो विश्व फुटबलको क्षेत्रमा चर्चित नाम हो । फाबियोले इटालीलाई सन् २००६ को विश्वकप जिताउन टिममा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने सोही वर्ष फिफाले प्रदान गर्ने वर्ष खेलाडीसमेत घोषित भएका थिए । फबियोका भाइ पाउलो अहिले इटालीको युवा फुटबल टिममा रहेका छन् भने उनी पनि इटालीको सिरी ए लिग फुटबल खेल्छन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik