• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
सामाजिक सञ्जाल नियन्त्रण गर्ने  विधेयक लागू भयो भने के होला ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सामाजिक सञ्जाल नियन्त्रण गर्ने  विधेयक लागू भयो भने के होला ? 
माघ १०, २०७६

सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने भन्दा पनि कुनै न कुनै रूपमा नियमन गर्नु राज्यको अधिकारभित्र पर्छ होला, तर यदि नियन्त्रण नै गर्ने शैलीको विधेयक आउँछ अथवा बन्देज नै गर्ने किसिमले विधेयक आउँछ भने त्यो जनताको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हुन सक्दैन भन्ने लाग्छ । हामीले पनि अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरिरहँदा राज्यको नीति–नियमसँग नबाझ्ने गरी, अरूको अभिव्यक्ति स्वतन्त्रतालाई हनन नगर्ने गरी हाम्रो अभिव्यक्ति स्वतन्त्रतालाई उपभोग गर्नुपर्छ । यदि राज्यले नियन्त्रण गर्न विधेयक ल्याएको हो भने त्यो जनताको पक्षमा हुँदैन । 

केपी पाठक, चलचित्रकर्मी 

नागरिकले अहिले बोल्ने, लेख्ने र प्रतिक्रिया जनाउने माध्यम भनेकै सामाजिक सञ्जाल मात्रै हो । त्यसैले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक लागू हुनु भनेको नागरिकको बोल्ने र लेख्ने अधिकारमाथि नियन्त्रण गर्नु हो । यसमाथि नियन्त्रण गर्नेबित्तिकै देशका ९० प्रतिशत भ्रष्ट नेता, कार्यकर्ता, उद्योगपति, कालाबजारियाहरूले खुलेआम काम गर्न पाउँछन् । त्यसले देशमा भ्रष्टाचार अझ बढ्छ । कुनै पनि गलत कार्यको नागरिकले विरोध गर्ने फोरम नै रहनेछैन । चेतना फैलाउने त्यो फोरम नै नरहेपछि यो देश स्वत: भ्रष्ट र कालाबजारियाहरूको हातमा जान्छ । उनीहरूको दु:स्वप्न साकार हुन्छ । त्यसैका लागि सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक ल्याइएको हो । 

सञ्जय श्रेष्ठ, गायक

सामाजिक सञ्जाललाई नियन्त्रण गर्नु भनेको देशलाई २०४६ सालअगाडि फर्काउनु हो । 

सुचित्रा श्रेष्ठ, निर्देशक

सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक लागू गर्नु राम्रो हो, तर त्यस्तालाई हुनुपर्‍यो जसले बिनाप्रमाण कुनै व्यक्ति वा समाजमा भाषा, संस्कृति तथा जातीय द्वन्द्व निम्त्याउँछ, न कि कसैले आफ्नो स्वतन्त्र विचार राख्नेमाथि लागू होस् । 

रबिन महर्जन, गायक

सामाजिक सञ्जाल नियन्त्रण होइन, व्यवस्थित गर्नु उपयुक्त देखिन्छ, किनभने सामाजिक सञ्जालको माध्यमबाट आज विश्व एउटा मानिसको पकेटमा सीमित भएको छ । यसलाई नियन्त्रण गर्न खोजे हाम्रो समाज धेरै कुराबाट पछि पर्न सक्छ । विकृति–विसंगति भनेको हरेक क्षेत्रमा हुन्छन्, त्यसलाई व्यवस्थित गर्ने उपायहरूको खोजी गर्दा उपयुक्त देखिन्छ ।

कृष्णदेव रूपाखेती, टेलिभिजनकर्मी 

आमनागरिकको स्वतन्त्रता अर्थात् अभिव्यक्तिको अधिकार कुण्ठित हुनेछ । 

भीम लिम्बू, गायक

यो कुरा केही हदसम्म त ठीकै हो, तर जहाँसम्म जरिवाना तिराउने कुरा छ, त्यसले गर्दा यसको उद्देश्य त्यति उत्कृष्ट देखिँदैन । जरिवाना तिर्न लायक हामी छैनौं, किनकि प्रत्येक बोलीको ५–१० लाख रुपैयाँ तिर्न सक्ने हाम्रो हैसियत छैन । यसका कारण निरंकुशता छाउँछ । कसैसँग ठट्टा गर्न पाइँदैन । यो राम्रो नियतले होइन, नेताहरू आफू धनी बन्नका लागि लागू गर्न लागिएको पो हो कि ? त्यसैले जनप्रेमी विधेयक होइन । म यसलाई सकेसम्म लागू गर्न दिनु हुन्न भन्न चाहन्छु ।

दीपेन्द्र केसी, निर्देशक

हामीले स्वतन्त्रतालाई अलि बढी नै मिसयुज गरिरहेका छौं । सानो–सानो विषय पनि राष्ट्रिय मुद्दा बनिरहेका छन् । हाम्रो जस्तो अल्पशिक्षित समाजका लागि यो सञ्जाल अभिशाप बन्दैछ । यसलाई नियन्त्रण होइन, बन्द नै गर्नुपर्छ । म संगीत क्षेत्रको कलाकार भएको नाताले भन्छु, अब यसरी नै छाडा छाड्नु चाहिं हाम्रो समाजका लागि हितकर पक्कै छैन । 

भरत सिटौला, गायक

सही समाचारको जानकारी पाउनु जनताको अधिकार हो । भ्रममा पार्ने सामाजिक सञ्जालहरूलाई नियन्त्रण गरेकै राम्रो । 

यश कुमार, अभिनेता/संगीतकर्मी 

देश र जनताका लागि सरकारले बनाउने नियम–कानुनहरू जनपक्षीय हुनैपर्छ । यस अर्थमा देश प्रतिकूल, नियम–कानुन प्रतिकूल क्रियाकलापहरू कहाँबाट, कसरी भइरहेका छन् भन्नेबारेमा चियो गर्नु त राम्रै हो । तर, व्यक्तिगत कुरामा आँखा लगाउने गरी चियो–चर्चो हुने र मिसयुज हुने होला भन्ने त्रास पनि हुन्छ, किनकि रक्षकहरू नै भक्षक भएका धेरै घटना छन् संसारमा । तसर्थ सोझै अपराध गर्नेहरूलाई समाउने, नियन्त्रणका कामहरू धेरै बाँकी रहेका बेला सामाजिक सञ्जाल सरकारले अलि पछि सोच्दा पनि हुन्थ्यो, तर यो गलत नै चाहिँ होइन ।

शान्तिम कोइराला, संगीतकर्मी 

अनियन्त्रित गतिमा भएका कुनै पनि कुरा नियन्त्रणमा ल्याउनु बिल्कुल ठीक हो । सामाजिक सञ्जालमा सभ्य अनि शिष्ट भाषा प्रयोग गरिनुपर्छ । हरेक कुरा कानुनी दायरामा आउनु अनिवार्य छ, किनभने यो हाम्रो समाज समेत जोडिएको कुरा हो । 

विल्सनविक्रम राई, कलाकार 

धेरै राम्रो । जनताका अभिव्यक्ति, बोल्न पाउने नैसर्गिक अधिकारचाहिं कदापि हनन हुनु हुँदैन । तर, जथाभावी बोल्ने, नियम–कानुनभन्दा माथि रहेर बोल्ने र अशिष्ट अनि असभ्यका साथै पैसा कमाउने नाममा भ्रमपूर्ण शीर्षक राखेर समाचार बेच्नेहरूका निम्ति यो विधेयक अनिवार्य नै छ । 

प्रमोद खरेल, गायक

नियन्त्रणभन्दा पनि व्यवस्थापन गर्नु अनिवार्य छ । पानी चाहिन्छ, तर बाढी होइन । आगो चाहिन्छ तर आगलागी हुनु हुँदैन । 

दीपेन्द्र खनियाँ, रेडियोकर्मी

स्वतन्त्रताको नाममा अहिले भइरहेको छाडा र भद्दा क्रियाकलापको नियन्त्रण हुन्छ र हुनु पनि पर्छ । त्यसका साथै सामाजिक सञ्जालको नियन्त्रणले सामाजिक सचेतना जगाउने, सरकार र विभिन्न संयन्त्रलाई सावधान गर्ने जस्तो कामहरू माथि अलि लगाम लाग्न सक्छ । त्यो कुरामा विचार पुर्‍याउँदै सभ्य, शिष्ट र समतामूलक समाज निर्माणमा सहयोग गर्नु पर्छ । 

दिवाकर भट्टराई, निर्देशक

एक–अर्कालाई गाली गरेको, नराम्रो भनेको पढ्न र सुन्न पाइन्न होला, सन्चो हुन्छ । खालि राम्रा–राम्रा समाचारह रूमात्र हेर्न र पढ्न पाइन्छ । 

शिशिर राणा, निर्देशक

नियन्त्रणभन्दा पनि नियमन गर्नु अनिवार्य देख्छु । नियमनले गलत कार्य गर्नेहरूलाई रोक्न सक्छ । नियन्त्रण नै गरियो भनेचाहिँ व्यक्तिको अभिव्यक्ति स्वन्त्रता नै हनन हुन्छ जस्तो लाग्छ । 

सहिमा श्रेष्ठ, गायिका

सबैले आ–आफ्ना आफन्तहरू फिर्ता पाउँथे होलान्, अनि अल्छी बन्दै गएको जीवनशैलीमा पनि सकारात्मक परिवर्तन आउँथ्यो कि !

मनीषा पोखरेल, गायिका

अनुशासित पत्रकारका लागि जे विधेयक आए पनि राम्रो हुन्छ जस्तो लाग्छ । 

मिलन मोक्तान, संगीतकर्मी 

नेपालीहरूलाई दिन कटाउनचाहिँ पक्कै कठिन होला । 

मानस राज, गायक

एउटा शीर्षक राखेर अर्कै समाचार बनाउने र मान्छेको चरित्र हत्या गर्नेहरूको रोजिरोटी बन्द हुन्छ । यो राम्रो कुरा हो, तर सरकारका गलत कामहरूको व्यङ्ग्यात्मक प्रस्तुतिले खबरदारी गर्नसमेत पो लाग्ने हो कि ? तर, सामाजिक सञ्जाललाई नियमनचाहिँ गर्नैपर्छ । 

दीपक आचार्य, निर्देशक

सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक लागू भयो भने कतिपय विकृति नियन्त्रणमा आउन सक्छन् । त्यो पक्ष राम्रै हो, तर धेरै कुरा हिजोआज सामाजिक सञ्जलबाटै थाहा पाउने र जानकारी दिने गरिन्छ, त्योचाहिँ बेफाइदा हुनसक्ला । त्यसको साटो अरू कुनै उपाय पक्कै आउने छ । 

युवराज चौलागाईं, गायक

मेरो विचारमा नियन्त्रण गर्ने विधेयक लागू गर्नु राम्रो होला, किनभने सामाजिक सञ्जाल अहिले अति नै उच्छृंखल र छाडा भएर गइरहेको अवस्था छ । त्यसैले यसलाई नियन्त्रण गर्नु जरुरी छ । 

विदुर पाण्डे, छायाँकार 

बन्दै भयो भनेचाहिँ सीधा–सोझा, सकारात्मक सोच भएका मानिसहरू, जो–जतिले सही तरिकाले उपयोग गरिरहेका छन्, उनीहरूका लागि दु:खद कुरा हुनेछ । होइन, नियन्त्रण मात्रै गर्ने हो भने मेरो व्यक्तिगत विचारमा सकारात्मक छु । सामाजिक सञ्जालको कुरा मात्र होइन, कुनै पनि सुविधाको अनुचित फाइदा उठाउँछन् र सुविधाको दुरुपयोग गर्छन् भने त्यसको नियन्त्रण हुन जरुरी नै छ । होइन भने आउँदा दिनहरूमा सकारात्मक घटनाहरू अझ मौलाएर जानेछन्, हरेक परिवार, व्यक्ति, समाज र देशमै समेत अशान्ति निम्तिनेछ । 

आनन्द राई, संगीतकार 

सामाजिक सञ्जाल भनेको व्यक्ति–व्यक्तिबीचको सञ्चार हो । यो विषय व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको छ । यद्यपि होच्याउन, हैरानी गर्न, अपमानित गर्न छुट दिनुपर्छ भन्ने होइन । नियमनकारी व्यवस्था त ठीक छ, तर यसबाट पत्रकार अथवा निर्दोष व्यक्ति पनि सजायका भागीदार हुन थाले । अभिव्यक्तिको प्रावधान कुण्ठित भयो भने पाएको सूचना अभिव्यक्त गर्दा समस्या हुनसक्छ । त्यसैले गर्दा यहाँनेर समस्या छ । कुन समाजमा चाहिँ विकृति आउँदैन र ? जुनसुकै समाजमा विकृति हुन्छ । तर के लेखेर–बोलेर आएको विकृति मात्र विकृति हो त ? अरू विकृतिचाहिँ विकृति होइन ? अरू कारणले पनि विकृति आएको हुनसक्छ । तसर्थ, यसलाई अरू पक्षबाट पनि हेरिनुपर्छ र संशोधन गर्नुपर्छ । यदि त्यस्तो विधेयकले समाजमा सकारात्मक असर ल्याउने भए सबले सहर्ष स्वीकार गर्नेछन् । 

लसता जोशी, गायिका

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik