हङकङमा लुनार चाईनिज नयाँ बर्ष २०२० को रौनक चलिरहेको छ । मुसा बर्षकोरुपमा नयाँ दिनलाई स्वागत गर्नका लागि जनवरी २५ बाट २८ सम्म ४ दिन बजार, संघसस्था, उद्योग, कलकारखाना बन्द हुनेछन् । नयाँ बर्षलाई करिब ३ महिनासम्म नै चाईनिजहरुले लुनार पर्व सुख र खुसीको प्रतिककोरुपमा मनाउँदछन् ।
नयाँ बर्षको स्वागत गर्न र बर्षमा एकपटक आउने पर्वमा आफन्तहरुसँग रमाउँनका लागि भेला भएकाहरुलाई कोरोना भाईरसको संक्रासले त्रसित बनाएको छ । प्रेम श्रेष्ठ भन्छन् विदा भएर के गर्ने घुम्ने मनस्थिती नै छैन । चारैतिर भाईरल रोगको डरले घरमै बसिरहेको छु । उनी त प्रतिनिधी पात्र मात्र भए तर नयाँ बर्षको लामो विदालाई सदुपयोग गर्ने भन्ने सोचमा रहेकाहरुलाई कोरोना भिलेन बनेर आयो ।
सधै ब्यस्त र कामलाई पहिलो प्राथमिकतामा राख्ने चाईनिजहरु आफ्न्तहरुसँगको निकटताबाट टाढा भईरहेका हुन्छन तर लुनार पर्वमा सवैकुरालाई पन्छाएर भेटघाट र घुमघाममा रमाउँनु पर्ने बेला रोगको प्रकोपले खल्लो महशुस गरिरहेका छन् ।
हङकङबाट नजिकै पर्ने चाईनाका विभिन्न शहरहरु र मकाउमा तत्कालका लागि आवतजावत स्थगन गरिएको छ । चाईनाले आफ्ना डोमेस्टिक फ्लाईटहरु समेत स्थगन गरेको छ । नयाँ बर्षलाई विशेष बनाउँनका लागि क्याम्पियनसँगै नयाँ ठाउ घुम्ने सपना पुरा भएन, युवा ओम गुरुङ भन्छन् डर र त्रास बीच होलिडे बितिरहेको छ ।
माक्सको माग बढ्यो
हङकङमा कोरोना भाईरसबाट बच्नका लागि माक्सको माग ह्वातै बढ्यो । ५० डलरमा पाईने माक्सलाई अहिले १०० देखि २०० डलरसम्म पर्दछ । बजारका कुनै गल्लीमा माक्स नलगाएका मान्छेहरु पाउँन मुस्किल छ । हावाको माध्यमबाट तिव्ररुपमा फैलिरहेको कोरोनाबाट बच्नका लागि माक्स अनिवार्यरुपमा लगाउँनु पर्ने स्थानिय संञ्चार माध्यमले समेत सुझाईरहेका छन् ।
हङकङका विद्यालयहरु बन्द
चाईनिज नयाँ बर्षको विदासँगै संक्रमित भाईरसकै कारण सम्पुर्ण विद्यालयहरु फेब्रुअरी १७ सम्मको लागि बन्द गरिएको छ । सरकारले आधिकारिकरुपमा सुचना जारी गर्दै भाईरसको तिव्र फैलावटलाई कम गर्ने र महामारी हुनबाट बचाउँन विद्यालय बन्दको जानकारी गराएको हो ।
प्रमुख पर्यटकीय गन्तब्य बन्द
हङकङको प्रमुख पर्यटकीय गन्तब्यहरु ओशन पार्क, डिजनी ल्याण्ड लगायतलाई अनिश्चितकालसम्मका लागि बन्दको सुचना जारी गरिएको छ । जुनसुकै समयमा पनि बाह्य र आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने यि पर्यटकीय गन्तब्यहरुमा विदाको दिन र चाईनिज नयाँबर्षमा लाखैं पर्यटकहरु घुम्न र रमाईलो गर्ने आउँने गर्दथे । हङकङ कार्यकारी प्रमुख क्यारी लामले सुचना जारी गर्दै भिडभाडमा भाईरसको संक्रमण र फैलावटलाई कम गर्नका लागि यस्तो निर्णय गरेको बताएकी छन् । भाईरसको संक्रमणकै कारण स्टान्र्डट चार्टड म्याराथुन जस्ता ठुला प्रतियोगिता पनि केहि समयसम्मको लागि स्थगित गरिएको छ ।
भाईरस संक्रमणकै कारण हङकङबाट चाईनासम्मको स्पिड ट्रेन्ड पनि स्थगित भएको छ ।
के हो कोरोना ?
चीनको वुहान शहरबाट डिसेम्बरको अन्त्यमा देखिएको भाईरस कोरोनाको कारण २५ जनाले ज्यान गुमाईसकेका छन् । ज्वरो आउँदै, हराउँदै गर्ने, घाटी सुख्खा हुने दुख्ने कोरोनाको पहिलो लक्षण हो । स्वास्थ्य अधिकारीहरुको चासोको बिषय रहेको यो भाईरस हावाको माध्यमबाट तिव्र गतिमा एक अर्कालाई सर्ने हुदा यसले सङ्क्रमणकोरुप लिईरहेको बताएका छन् ।
बच्ने उपायहरु
कोरोना भाईरसबाट बच्नका लागि नियमितरुपमा सावुन पानीले हात धुने, खोक्दा र हाछ्युं गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखाउने जो कोहिको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु अण्डा राम्रोसँग पकाएर मात्र खाने, फ्लुको लक्षण देखिएमा चिकित्सकसग परामर्श लिने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने ।