हङकङमा यामनाथको ऐतिहासिक जित

- अनोज रोक्का

माघ १४, २०७६

हङकङलाई कर्मथलो बनाएका यामनाथ लिम्बु (नुगोयाम)ले ऐतिहासिक जित हासिल गरे । चुनौतिपुर्ण दौड प्रतियोगिता फोर टेल्स अल्ट्रा च्यालेन्जमा उनी प्रथम बनेका हुन् । २९८ किलोमिटर दुरिलाई ५४ घण्टा २६ मिनेटमा पार गर्दै यामनाथ प्रथम बने । अष्ट्रेलियाका स्टेफन ५४ घण्टा ४६ मिनेट र सिंगापुरका अविमान्य ५६ घण्टा ६ सेकेण्डमा निर्धारित दुरि पार गर्दै क्रमश दोश्रो र तेश्रो बने ।

हङकङ स्थित चुनमुनबाट शुरु भएको दौड लान्ताउ मुई वोमा समाप्त भएको थियो । अत्यन्तै जोखिम र चुनौतिपुर्ण दौडमा सहभागीहरु कसैको सहयोगबिना निरन्तर ३ दिन २ रात दौडिएका थिए ।

खेलाडी तथा पत्रकार मगेन्द्र राई भन्छन् यति लामो र चुनौतिपुर्ण दौडमा जित हासिल गर्ने उनी पहिलो हङकङबासी नेपाली हुन् । गोर्खाली चिताको उपनाम पाएका यामनाथ ३ बर्ष अघिबाट मात्र ट्रेल रेशमा सहभागिता जनाउन थालेका हुन् । छोटो अवधिमा उनले पाएको सफलताले सम्पुर्ण हङकङबासी नेपाली र नेपालकै शिर उचो बनाएको छ ।   

विश्वकै चर्चित धावकहरुको सहभागीता हुने प्रतियोगितामा प्रथम भएका यामनाथ भावुक बने । फिनिसिङ् प्वाईन्टमा पुगेपछि आयोजक, आफ्नो साथीभाईको बधाईसँगै निरन्तर आशुँ बगाईरहे । जब म बिजेता बने मेरो देशको झन्डा बोकेर उभिदा मलाई जीवनमा देशको लागि केहि योगदान गरेको महशुस भयो, आफुलाई सम्हाल्न सकिन यामनाथ भन्छन् ।

प्रकाशित :माघ १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×