आफ्नै बिहेमा सोमपालको डान्स जलवा

- साप्ताहिक संवाददाता

माघ १८, २०७६

राष्ट्रिय क्रिकेट टिमका फाष्ट बलर सोमपाल कामीले प्रेमलाई विवाहमा परिणत गरेर जिवनको दोस्रो ईनिङ शुरु गरेका छन् । कैलालीकी प्रतिभा घिमिरेसंग विगत ४ बर्ष देखि रहेको प्रेमसम्बन्धलाई सोमपालले हालै विवाहमा परिणत गरेका हुन् ।  

गत विहिवार विवाह बन्धनमा बाँधिएका सोमपालले आफ्ना नजिकका साथीहरुलाई आमन्त्रण गरेर विवाह भोजको आयोजना गरेका थिए । उनीहरुको प्रेमको बिषयमा जानकारका अनुसार सोमपालले राखेको प्रेम प्रस्तावलाई प्रतिभाले स्विकार गरेकी थिईन् । प्रतिभाले प्रेम प्रस्तावलाई स्विकार गर्नुलाई सोमपालले आफ्नो जीवनकै सर्वाधिक ठुलो सफलता मानेका थिए । लजालु स्वभावका सोमपालले विवाह समारोहमा भने दिल खोलेर नाचे । 

नेपालले अन्तराष्ट्रिय एकदिवशिय प्रतियोगितामा केही दिनमै सहभागिता गर्नु पर्ने हुनाले सोमपालले प्रतिभासंग मनाउने हनिमुनको कार्यक्रमलाई अहिले थाती राखेका छन् । बैंकमा कार्यरत प्रतिभाको योजना अनुसार उनीहरु हिमाञ्चल र गोवामा हनिमुन मनाउने कार्यक्रममा रहेका छन् । 

विवाह उत्सवमा सोमपाल र प्रतिभाको डान्स

प्रकाशित :माघ १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×