साप्ताहिक संवाददाता
माघ २०, २०७६
काठमाडौं
स्पेनिश फुटवल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा नेपालकी अभिनेत्री प्रियंका कार्कीको तस्बिर सेयर गरेको छ । बार्सिलोनाले आफ्नो फेसबुक पेजमा उक्त तस्विर सेयर गर्दै ‘वि लभ नेपाल’ भनेको छ ।
बार्सिलोनाले प्रियंकाको छोटो भिडियो समेत सेयर गरेको छ । उक्त भिडियोमा प्रियंकाले आफुसहित धेरै फुटबल प्रेमी नेपालीहरुको सपना पुरा भएको बताएकी छिन् ।
प्रेमी आयुष्मानसँग प्रियंका घुम्नका लागि स्पेन पुगेकी थिइन् । उनले उक्त अवसरमा ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरेकी थिइन् । प्रियंकाले आफु बार्सिलोनाको फ्यान रहेको बताइन् ।