साप्ताहिक संवाददाता
माघ २७, २०७६
हलिउड गायिका निकी मिनाज आफ्ना भाइको दुष्कर्मबाट तनावमा आएकी छिन् । उनका भाइ जेलनी मराजले एउटी नाबालिकालाई गरेको दुष्कर्मको आरोपमा २५ वर्षको जेल सजाय पाएका छन् । मराजमाथि ११ वर्षीया बालिकालाई यौनशोषण गरेको आरोप लागेको छ ।
यो प्रकरणमा गायिका मिनाज भने अहिले मौन छिन् । यद्यपि उनलाई आफ्नै भाइको उक्त दुष्कर्म तथा अदालतको फैसलाले गहिरो चिन्तामा पारेको समाचारमा जनाइएको छ ।
समाचारमा जनाइएअनुसार गायिका मिनाजले नै सन् २०१५ मा मराज पहिलो पटक गिरफ्तार भएका बेला १ लाख डलर धरौती रकम तिरेकी थिइन् । त्यसो त गायिका मिनाजले अघिल्लो वर्ष केनेथ पेटीसँग विवाह गरेकी थिइन् ।
केनेथमाथि पनि सन् १९९५ मा १६ वर्षीया युवतीसँग दुष्कर्म लागेको आरोप लागेको थियो, जसका कारण उनले चार वर्षसम्म जेलमा बिताउनुपरेको थियो ।