नेपालको अमेरिकाबिरुद्ध कीर्तिमानी जित  

- साप्ताहिक संवाददाता

माघ २९, २०७६

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत बुधवार भएको अन्तिम खेलमा नेपालले अमेरिकाबिरुद्ध एतिहासिक जित हात पारेको छ । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको अमेरिकाले एकदिवसीय अन्तराष्ट्रिय प्रतियोगिताको कीर्तिमानी न्यून स्कोर ३५ रनमा अल आउट भएको थियो । यसअघि श्रीलंकाले सन् २००४ मा जिम्बाबेलाई ३५ रनमै अलआउट गरेको थियो ।  

टस हारेर पहिले ब्याटिङ गर्न आएको अमेरिका १२ ओभरमा ३५ रन बनाएर अल आउट भएको थियो । अमेरिकाको ब्याटिङ लाइनलाई ध्वस्त पार्न नेपालका सन्दीप लामिछानेले ६ र सुसन भारीले ४ विकेट लिएका थिए । प्रतिउत्तरमा ब्याटिङ गर्न उत्रिएको नेपालको तर्फवाट पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरेर २० रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्का प्रहार गरेर १५ रनको योगदान दिएका थिए । यसअघि सुवास खकुरेल शुन्यमा र ज्ञानेन्द्र मल्ल १ रन वनाएर आउट भएका थिए । 

नेपालका बलर सन्दीप लामिछानेले आफ्नो ६ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ६ विकेट लिएका थिए । सुसन भारीले आफ्नो ३ ओभरको बलिङमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिएका थिए ।

लिग २ अन्तर्गत शिर्ष स्थानमा रहेर नेपाल खेल्न आएको अमेरिकाले आफुले खेलेका ४ खेलमै पराजित भयो भने नेपालले दुई पटक अमेरिकालाई पराजित गर्न सफल भयो । अर्को सहभागि राष्ट्र ओमले ४ खेलमै जित हात पारेर लिग २ को शिर्ष स्थानमा उक्लिएको छ ।  

प्रकाशित :माघ २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×